५८ वर्षे अमेरिकी नागरिक, जसको घरभित्र भेटियाे हजारौं अवैध बन्दुक

५८ वर्षे अमेरिकी नागरिक, जसको घरभित्र भेटियाे हजारौं अवैध बन्दुक

वासिङ्टन : अमेरिकाको लस एन्जलस्थित एकजना व्यक्तिले एक हजार भन्दा धेरै बन्दुक भूमिगत रुपमा संकलन गरिराखेको खुलासा भएको छ ।

गिरार्ड डेमिएन साएन्ज नाम गरेका ५८ वर्षीय ती पुरुषमाथि अदालतले हातहतियार खरखजना सम्बन्धी मुद्दा लगाएको छ । उनीसँग भएका ती सबै हतियार लाइसेन्सविना भएको पनि बताइएको छ ।

उनलाई लस एन्जलसस्थित विशेष अदालतमा उपस्थित गराइएको छ । गिरार्ड यदी आफूमाथिको अभियोगमा दोषी ठहर भएको खण्डमा उनले ४९ वर्षसम्म जेल जेल सजाय भोग्नुपर्ने छ ।

उनी पक्राउ पर्दा अधिकारीहरुले भने उनले ती हतियार आपराधिक गतिविधिका लागि उपयोग गरेको शंकेत नभएको प्रतिक्रिया दिएका थिए । अनुसन्धानको क्रममा साएन्जले एउटा सिंगो घरभित्र हतियार संकलन गरिराखेको भेटिएको थियो । प्रहरीले ती सबै हतियार नियन्त्रणमा लिएको छ । तर ती व्यक्ति कुनै पनि आतंकवादी समुहसँग संलग्न भएका कुनै प्रमाण भेटिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.