कमिसनको भरमा होटेलबाटै योजना मूल्यांकन

कमिसनको भरमा होटेलबाटै योजना मूल्यांकन

जनकपुरधाम : प्रदेश-२ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले कमिसनको भरमा उपभोक्ता समितिमार्फत भएका कामको मूल्यांकन होेटेलमै बसेर गरेको छ। आर्थिक मसान्तको अन्तिम दिन जनकपुरस्थित सिटीस्टार होटलमा मन्त्रालयका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र प्रदेशसभा सदस्यको उपस्थितिमा उक्त मूल्यांकन भएको हो।

होटेलको कोठा नम्बर २०५ र २०८ मा मंगलबार मन्त्रालयका कर्मचारी पर्यटन पूर्वाधारका विभिन्न योजना मूल्यांकन गर्न व्यस्त देखिन्थे। जहाँ कोठाभित्रै ल्यापटप र प्रिन्टर राखेर योजनाको फाइल हेर्दै मूल्यांकनको काम भइरहेको थियो। मन्त्रालयको नामबाटै बुक भएको होटेलेको कोठामा योजना मूल्यांकन गराउनकै लागि रानी शर्मा तिवारीलगायता प्रदेशसभा सदस्य जम्मा भएका थिए। 

ल्यापटपमा योजनाको मूल्यांकनको काम गरिरहेका मन्त्रालयका कर्मचारी र आफूलाई कार्यालय सहयोगी बताउने उमेश रायले मूल्यांकनको जिम्मा आफूलाई दिएको बताए। 

होटेलको कोठामा भइरहेको योजना मूल्यांकनको कामबारे थाहा पाएर संचारकर्मी पुगेपछि कर्मचारी अक्क न बक्क भए। संचारकर्मीलाई देख्ने वित्तिकै उनीहरुले फाइल, प्रिन्टर र ल्यापटप बोकेर हिँडे। 

पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा मन्त्रालयले ५० करोडको काम उपभोक्ता समितिमार्फत गराएको छ। पर्यटन पूर्वाधार योजनाको भुक्तानी लिन असार मसान्तको अन्तमा होटलमा कामको मूल्यांकन गराउँदै उपभोक्ता समितिका पदाधिकारी तोक लगाउन मन्त्रालयका निमित्त सचिव जगदीश गुप्ताकहाँ पुग्ने गरेको र त्यहाँबाट तोक आदेश पाएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक बुझ्ने गरेको कर्मचारीले नै बताएका छन्। एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, ‘कमिशनको खेलका कारण यी सबै क्रियाकलाप भइरहेको छ।’ 

मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्री रामनरेश रायले योजनाको मूल्यांकनपश्चात रकम भुक्तानीअघि सबै उपभोक्ता समितिबाट अनिवार्य रुपमा कमिसन लिने गरेका छन्। ‘मन्त्रालयमा पर्याप्त ठाउँ हुँदा-हुँदै पनि कर्मचारीले होटेलबाट योजनाको मूल्यांकन गर्नुको आवश्यकता नै छैन्,’ निमित्त सचिव गुप्ताले भने, ‘मेरो यहाँ काम गर्नका लागि निर्देशनालय छ र निर्देशनालय नजिकै एउटा भवन राखेको छु जसमा ओभरसियर इन्जिनियर छन्, त्यो बाहेक कहाँ के बाट काम भइरहेको छ, मलाई थाहा भएन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.