भारतमा मृत्यु भएको गैंडा नेपालको भएको अनुमान

भारतमा मृत्यु भएको गैंडा नेपालको भएको अनुमान

गुलरिया : भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्ला र लखिनपुर खिरीको देवीपुरवामा चार दिनअघि मृत अवस्थामा भेटिएको एक सिंगे गैंडा नेपालको भएको अनुमान गरिएको छ। 

 भारतको कर्तनियाघाट वन विहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्नै खाता जैविकमार्ग हुँदै नेपालको गैंडा भारत पुगेको हुनसक्ने बर्दिया राष्ट्रिय निकुञ्जको अनुमान छ।

‘निकुञ्जको गैंडा चर्दै भारत पुगेर दलदलमा फसेर मरेको हुन सक्छ’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने। उनले भने, ‘रेडियोकलर जडान गरिएको गैंडा हो वा होइन भन्ने विषयमा हामीले अनुसन्धान गरिरहेका छौं।’ 

 भारतको देवीपुरवा भन्ने ठाउँमा मृत भेटिएको गैंडाको बारेमा बुझ्न वन कार्यालयको टोलीसमेत पठाइएको डिभिजनल वन कार्यालय बर्दियाका अधिकृत हरिप्रताप श्रेष्ठले बताए। उनले भने सोमबार भारतीय पक्षले मृत गैंडा पोस्टमार्टमका लागि रेञ्जर कार्यालयमा पठाएको खबर प्राप्त भएको छ। ‘सो भारतीय क्षेत्रमा गैंडाको स्थायी बसोवास नरहेकाले नेपालबाट गएको हुनसक्ने अनुमान हाम्रो हो’, उनले भने। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.