विप्लवसँग वार्ताकाे पहल गर्दै सरकार

विप्लवसँग वार्ताकाे पहल गर्दै सरकार

बुटवल : विप्लव नेतृत्वको नेकपासँग सरकारले वार्ता सुरु गरिएको जनाएको छ ।

सांसद सोमप्रसाद पाण्डेले सरकारी टोलीको नेतृत्व गर्दै वार्ताका लागि लागिपरेको बताएका छन् । मंगलवार बुटवल आएका पूर्व वार्ता टोलीका संयोजक पाण्डेले केही नेता कार्यकर्तासँग कुराकानी भएको बताए ।

‘बुटवलमा खास वार्ता नै भएको छैन, केही नेताहरुसँग भेट गरेका छौँ,’ उनले भने । बुटवलमा कुराकानी गरेका भनिएका नेताहरु समेत केन्द्रीय स्तरका नभएको बताइन्छ । सरकारले वार्ताका क्रममा केही औपचारिक कुराकानी सुरुआत भएको बताए पनि ती निराधार भएको उक्त स्रोतको दाबी छ ।

सांसद पाण्डेले विप्लव नेतृत्वको जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेसहित केही स्थानीय तहका नेतासँग भने छलफल गरेको छ । सरकारी वार्ता टोली नै नबनाइ वार्ता सुरु गरिएको हल्ला फैलाएकोमा नेकपाले भने आशंका गरेको छ । सरकारले सांसद पाण्डेसहित सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मालाई जिम्मेवारी दिएको बताइएको छ ।

वार्ताका लागि तयार रहेको विप्लव नेतृत्वको नेकपाले भने आधिकारिक एजेण्डा विना वार्ता गर्नु उपयुक्त नहुने तर्क गरेको छ । ‘न सरकारी वार्ता टोली नै बनेको छ, न त एजेण्डा नै छ, जेलमा रहेका कार्यकर्तालाई भेटेर भ्रम छर्ने र जनतालाई सान्त्वना दिन मात्रै सरकारले गरेको प्रोपोगान्डा हो,’ एक नेताले नेताले काभ्रे र भक्तपुरमा गरिएको वार्ता समेत हल्ला मात्रै भएको दाबी गरे ।

विप्लवका कार्यकर्तासँग वार्ताका लागि सांसद पाण्डे सोमवार नेपालगञ्ज पुगेका थिए । त्यहाँ एकाध नेतासँग कुराकानी भएको बताइएको छ । त्यसलगत्तै उनी मंगलबार बुटवल हुँदै काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेर बुधवार नै उनी बुटवल फर्किने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.