हावाहुरीपीडितले राहत पाएनन्

हावाहुरीपीडितले राहत पाएनन्

धनगढी : प्रदेश सरकार र स्थानीयतहले घोषणा गरेको राहत रकम हावाहुरी पीडितले अझै पाउन सकेका छैनन् । जेठ तेस्रो साता आएको हावाहुरीले धनगढी उपमहानगरका २ हजार २ सय ५० परिवारको घरमा क्षति पुगेको थियो ।

‘हुरी आएको तेस्रो दिन वडा कार्यालयबाट स्थानीयले क्षतिको विवरण संकलन गरेका हुन्’ धनगढी उपमहानगरपनलिका–७मनेहरा मुक्तकमैया शिविरकी शान्ति चौधरीले भनिन्,‘छिटै राहत पाइन्छ भन्थे, अहिलेसम्म कोही फर्केनन् ।’

उनले अधिकांश घरमा हुरीबतासले छाना उडाएर लगेको बताइन् । ‘राहतको आश्वासन पाएकाले केहीदिन कुरेर बस्यौं । तर कसैले सुनुवाइ नगरेपछि ऋण गरेरै मर्मत ग¥यौं’ उनले भनिन । छानो छाउने पैसा नभएपछि राहतको आसमा केहीदिन खुला आकाशमै गुजारेको उनको परिवारले पछि ऋण लिएर छानो छाए । आफन्तबाट सापटी लिएको ४० हजार रुपैयाँले जस्तापाता किनेर छाना छाएको चौधरीले बताइन् ।

हावाहुरी पीडित धनगढी–७ मनेहराकी सीता कुमालले आर्थिक अभावले हावाहुरीले उडाउँदा टुटफुट भएको पुरानै जस्तापाताले छानो छाएको बताइन् । वडा कार्यालयमा निवेदन दिए पनि राहत नपाएको सीताले बताइन्। वर्षा निरन्तर आएपछि पीडितलाई झनै कष्ट भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक अनुसार हावाहुरीले जिल्लाभरि नौ हजार सात सय ४९ घरमा क्षति पुगेको थियो । हावाहुरीका कारण दुई जनाले ज्यान गुमाएका थिए । ‘अनुगमनमा आएका जनप्रतिनिधि र नेताले छिट्टै राहत दिने भनेका थिए । वडा कार्यालयमा निवेदन पनि दियौँ,’ जुगेडाका स्थानीय रघुविर चौधरीले भने, ‘तर न राहत पाइयो, न कोही फर्केर आए ।’

प्रदेश सरकारले पूर्ण क्षति भएका घरपरिवारलाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार दिने घोषणा गरेको थियो । घोषित रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रशासनलाई उपलब्ध गराएको थियो । जिल्ला प्रशासनले पनि उक्त रकम स्थानीयतहलाई दिई सकेको छ तर स्थानीयतहले भने अझै पीडितलाई बाँडेका छैनन्। ‘हामीले समयमै प्रशासनमा रकम पठाइसकेका हौं,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत लक्ष्मण शाहले भने। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई रकम उपलब्ध गराउने प्रकृया निर्धारण गरेको थियो ।

धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयबाट प्रदेश सरकारले उपलब्ध गराएको १ करोड २२ लाख २६ हजार रकम प्राप्त भएको बताए । स्थानीय तहले पनि राहत दिने घोषणा गरेका थिए । धनगढी उपमहानगरपालिकाले पूर्ण क्षतिलाई ६ हजार र आंशिकलाई ३ हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । उसले आफैंले घोषणा गरेको रकमसमेत कार्यालयले उपलब्ध गराएको छैन । ‘साउनभित्र राहत रकम सबै पीडित परिवारलाई उपलब्ध गराउछौं’ सापकोटाले भने । संकलित तथ्यांकमा ३ जना पूर्ण क्षति भएका छन् भने, अन्य आंशिकमा परेका उपमहानगरले जनाएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिकै समन्वयमा ३ हजार ९ सय ९४ परिवारलाई तत्काल पाल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। हावाहुरीबाट ज्यान गुमाएका २ जनाका नजिकका हकदारलाई ६ लाख २५ हजार उपलब्ध गराइएको बोहराले बताए ।

मृत्यु भएका टिकापुरका लहानु डगौंराका हकदारलाई १ लाख र गोदावरीका वीरबहादुर चौधरीका परिवारलाई ५ लाख उपलब्ध गराएको उनले बताए । ‘स्थानीय विपद् व्यवस्थापन खातामा पठाएको हो’ प्रजिअ बोहराले भने। ‘स्थानीयतहको प्राप्त भएको तथ्यांक अनुसार दुई करोड ९९ लाख ६० हजार पठाएको हो। बाँड्दै होलान्।’ अझै कोषमा पैसा बाँकी रहेको प्रजिअ बोहराको जानकारी दिए।

जेठ २३ गते राति आएको हावाहुरीले धनगढीका बस्तीको ठूलो मात्रामा क्षति पु¥याएको थियो। हुरी आएको महिना दिन वित्दा पनि धनगढी उपमहानगरले राहत वितरण गर्न नसकेको हो।

धनगढी उपमहानरका पीडितलाई प्रदेश सरकारका साथै थुपै्र संघ संस्थाले पनि ठूलो रकम सहयोग गरेका थिए। उपमहानगरको खातामा संघ संस्था र प्रदेशबाट प्राप्त रकम गरी ३ करोड बढी रकम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.