नेपाल चिनाउँदै न्यूयोर्क : भ्रमण वर्ष २०२० सफल बनाउन कार्यक्रम

नेपाल चिनाउँदै न्यूयोर्क : भ्रमण वर्ष २०२० सफल बनाउन कार्यक्रम

अमेरिका : अमेरिकाको न्यूयोर्कमा विदेशी पाहुना बोलाएर भ्रमण वर्ष २०२० सफल बनाउन कार्यक्रम भएको छ। नेपालको भौगोलिक अवस्था, पर्यटकीय स्थल, सांस्कृतिक, भाषिक लगायतका जानकारी उनीहरूलाई दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले सगरमाथा र बुद्ध जन्मेको देश नेपाल भ्रमणमा आउन विदेशी नागरिकलाई आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले पाहुनालाई भगवान मान्ने नेपालको संस्कार रहेको उल्लेख गरे। ‘हामीले तपाईँहरू भ्रमणमा आउँदा गर्नुपर्ने सबै तयारी गरिरहेका छौैँ, होटल र रेस्टुरेन्ट थपेका छौं। अन्य तयारी पनि तीब्र छ।’

अमेरिकाका लागि नेपालका महावाणिज्यदूत पुष्पराज भट्टराईले सन् २०२० मा कम्तीमा एक पटक नेपाल भ्रमण गर्न आग्रह गरे। ‘तपाईँहरू सक्नुहुन्छ सयौं पटक नेपाल भ्रमण गर्नुस्, जीवनमा एक पटक त अवश्य भ्रमण गर्नुस्’, उनले भने, ‘अनि तपाईँका साथीलाई पनि नेपालका बारेमा भन्नुस्।’

नेपाल पयर्टन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकर विक्रम रानाले नेपाल धार्मिक र सांस्कृति हिसावले समेत उत्कृष्ट रहेको उल्लेख गरे। अमेरिका र युरोप शाखा हेर्ने रानाले भने, ‘नेपालमा संसारकै अग्लो हिमाल सगरमाथा छ, हामीसँग संसारकै उत्कृष्ट पर्यटकीय स्थल छन्। तपाईँले नेपाल भ्रमण गरेपछि त्यो अनुभव गर्नुहुन्छ।’

हार्भड विश्वविद्यालयका प्राध्यापक माइकल विट्जेलले नेपाल उत्कृष्ट पर्यटकीय स्थल रहेको उल्लेख गरे। ‘मलाई मनपर्ने देश नेपाल हो। मैले भ्रमण मात्रै होइन, नेपाललाई नजिकबाट चिन्ने प्रयास पनि गरेको छु’, संस्कृतिका प्राध्यापक विट्जेलले भने, ‘तपाईं कम्तीमा एक पटक नेपाल पुग्नुस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.