प्रहरीलाई अनुसन्धानमुखी बनाउन त्रिविले सघाउने

प्रहरीलाई अनुसन्धानमुखी बनाउन त्रिविले सघाउने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच ‘समुदाय–प्रहरी साझेदारी’को अवधारणा पत्रमा सम्झौता भएको छ। सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न, प्राज्ञिक क्षेत्रको विज्ञताको उपयोग तथा प्राज्ञिक गतिविधिहरु निर्वाधरुपमा सञ्चालन गर्न दुबै संस्थाबीच सम्झौता भएको हो।

श्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनिया र नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालद्धारा हस्ताक्षर गरिएको समझदारी पत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग गर्ने, पाठ्यक्रम निर्माणमा सुरक्षासँग सम्बन्धित विषयवस्तुहरु समाविष्ट गर्ने, अध्ययन अध्ययापनमा आपसी समन्वय गर्ने लगायतका विषय समावेश छन्। 

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित सहझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा खनियाले त्रिवि र नेपाल प्रहरीबिचको सहकार्यले दुबै संस्थाको संस्थागत दृष्टिकोणमा सकरात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे। विश्वविद्यालयका दक्ष स्नातकहरुलाई नेपाल प्रहरीप्रतिको दृष्टिकोणका बारेमा विश्वस्त गराउदै प्रहरीमा समेत अत्यन्तै सवल दक्ष जनशक्ति उपलब्ध गराउन विश्वविद्यालय प्रतिवद्ध रहेको उनले बताए।

कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उच्च शैक्षिक संस्थाहरुसँग सम्बन्ध विस्तार गर्दै नेपाल प्रहरीले आम नागरिकहरुमा रहेको दृष्टिकोण बदल्न प्रयत्नशील रहेको बताए। नेपाल प्रहरीलाई अनुसन्धानमुखी बनाउनै संगठनलाई मजबुत, सबल र समयसापेक्षा बनाउन त्रिविसँगको सहकार्यले थप योगदान पु याउने उनले अपेक्षा गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.