बस पल्टियो : आठ घाइते

बस पल्टियो : आठ घाइते

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ को आनन्द इँटा भट्टा नजिक बुधबार बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । 

विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३०१५ नम्बरको बस दिउँसो ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा मोरङको सुनवर्षी नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद सवरिया, ३० वर्षीया चन्दी खातुन, छोरा ४ वर्षीय मोहम्मद इब्राहिम, रतुवामाई नगरपालिका–७ की ६० वर्षीया अनुदेवी सुतिहार, ७० वर्षीया अवलाल सुतिहार, कानेपोखरी गाउँपालिका–१ का ६३ वर्षीय अशोक थापा, पाँचथर घर भएका २३ वर्षीय टिंकु रिजाल र १५ वर्षीय आदित्य रेग्मी घाइते छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलका अनुसार गम्भीर घाइतेको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइराखेको छ । 

रंगेली जाँदै गरेको बस विपरित दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिने क्रममा खेतमा पल्टिएको प्रहरीको भनाइ छ । दुर्घटनापछि फरार रहेका चालक रंगेली–२ का ३५ वर्षीय केशव खरेलको खोजी भइरहेको पोखरेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.