बाढीपीडितका लागि रकम संकलन गर्दै नेविसंघ
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो पीडितका लागि सहयोग रकम संकलन गर्न थालेको छ ।
हालसम्म ४९ हजार ५७१ रकम संकलन भएको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए । बुधबार काठमाडौंका नेपाल टार, बाइपास, माछापोखरीलगायतका ठाउँमा सहयोग संकलन गरिएको उनले बताए । नगदसँगै जिन्सी पनि संकलन गरिएको छ ।
संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघ नेता निरन्जन थापाले जानकारी दिए।