मेहन्दीमा चिटिक्क ! (फोटो फिचर)
काठमाडौं : साउन महिना हिन्दु नारीका लागि महत्तवपूर्ण मानिन्छ। साउनमा भगवान शिवजस्तै पति पाउनका लागि महिला ब्रत बस्ने गर्छन्। साउन महिनामा हरियो चुरा, मेहन्दीको व्यापार ह्वातै बढेको छ। अधिकांश महिलाको हात हरियो मेहन्दीले रंगिएका छन्। पछिल्ला दिनमा रमाइलोका लागि बालिकाहरुले पनि मेहन्दी लगाउने गरेका छन् ।
साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहन्दी लगाएर ब्रत बस्दा अविवाहित महिलाले राम्रो वर पाउने जनविश्वास छ। विवाहितले आफ्नो पतिको आयु लामो हुने विश्वास गर्छन्।
महिलाहरु परिवारमा सुख शान्ति र अटल सौभाग्यका लागि ब्रत बस्ने गर्छन्। पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वास छ।
विकास कार्कीको लेन्समा मेहन्दीको आकर्षण