मन्त्री, सांसदको दलबलसहित बाढी प्रभावित क्षेत्रमा माधव नेपाल

मन्त्री, सांसदको दलबलसहित बाढी प्रभावित क्षेत्रमा माधव नेपाल

राजविराज : बाढी तथा डुबानले पु¥याएको क्षतिबारे बुझ्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितको टोली बुधबार सप्तरी आएको छ ।  बाढीले पु¥याएको क्षतिको अवलोकन गर्न पूर्व प्रधानमन्त्री नेपाल, उपप्रधान मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापासहित मन्त्री र सांसदहरुको टोली बुधबार बाढीबाट अति प्रभावित सप्तरीको तिलाठी पुगेका हुन ।

टोलीले तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको स्थलगत भ्रमण गरी बाढीले पु¥याएको क्षतिबारे जानकारी लिए । टोलीले क्षति अवलोकन गर्दै राहत र उद्धारको अवस्था बुझे ।

टोलीमा पूर्व प्रधान मन्त्री नेपाल, उपप्रधान मन्त्री यादव, गृहमन्त्री थापा, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ ऊर्जा मन्त्री वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी थिए।

त्यसैगरी विकास समिति सभापति कल्याणी खड्का, सांसदहरु अनील झा, प्रभु साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश नं. २ का कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्व सभासद अमर मण्डलसहितले तिलाठीको स्थलगत भ्रमण गरी जानकारी लिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । 

मन्त्री र सांसदको टोलीले राजविराजस्थित नेपाली सेनाको भीम दल गणमा जिल्लाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएपछि  तिलाठीको अवलोकनमा गएका थिए। 

तिलाठीमा खाँडो नदीको बाढीले भत्काएको बाँध र मर्मत सम्भार भइरहेको स्थानमा गई अवलोकन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.