‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द

काठमाडौं : टेलिभिजन कार्यक्रम 'जनतासँग प्रधानमन्त्री' बन्द भएको छ। राजधानीमा बुधबार आयोजित एक समारोहका बिच सञ्चालक मनोज पाण्डेले कार्यक्रम बन्द भएको घोषणा गरे।

एक वर्षअघि आजकै दिन सुरु भएको 'जनतासँग प्रधानमन्त्री' कार्यक्रम नेपाल टेलिभिजनबाट पहिले पाक्षिक र पछि साप्ताहिक रुपमा प्रसारण हुँदै आएको थियो। कार्यक्रम 'कथा नेपाल' ले प्रस्तुत गर्दै आएको थियो।

गत वर्ष भब्य रुपमा सुरु भएको कार्यक्रमको भव्य नै रुपमा अन्त्य भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको बिचमा कार्यक्रममार्फत् आफ्ना विचार र जनताका आकांक्षा प्रस्तुत भएको बताए।

‘यो एक वर्षमा हाम्रा विचार पनि संप्रेषण गरेका छौं, अवस्था र परिस्थितिको प्रस्तुति पनि गरेका छौं, हाम्रो अगाडिको बाटोबारे चर्चा गरेका छौं, हाम्रा उपलब्धीहरू जनताका बिचमा पुर्‍याउने प्रयास गरेका छौं र हाम्रा राष्ट्रिय आकांक्षा कसरी पूरा गर्ने त्यस सम्बन्धमा पनि हामीले दृष्टिकोणहरु प्रस्तुत गरेका छौं’, प्रधानमन्त्री ओलीले भने, ‘खोजमूलक ढंगले उपलब्धिहरूलाई प्रस्तुत गर्ने, जुन उपलब्धीहरू ओझेलमा पार्ने प्रयास भए सत्यतथ्य जनताका बिचमा पर्‍याउने काममा मनोज पाण्डे र उहाँको टिमले जुन मेहेनत गर्‍यो। बास्तवमा नै म धन्यवाद भन्न चाहन्छु।’

प्रधानमन्त्रीलाई धरहराको प्रतिमूर्ति उपहार दिँदै कार्यक्रम संचालक मनोज पाण्डे। फोटोः अशोक/अन्नपूर्ण


आफूले कार्यक्रमहरूका तमाम अंकमा भाग लिएको र मनोज पाण्डेको प्रतिभा, क्षमता दृष्टिकोण र सकारात्मक सोच हेर्ने र बुझ्ने मौका पाएका प्रधानमन्त्री ओलीले प्रस्ट्याए। ‘एउटा युवामा जस्तो सकारात्कता चाहिन्छ, आशावादिता चाहिन्छ, त्यो कुरा उनमा पाएँ’, उनले भने।

सञ्चालक मनोज पाण्डेले सरकारले नीति कार्यक्रम तथा बजेट, जनजीविकाका मुद्दा, प्रधानमन्त्रीका सपना र घोषणाको पृष्ठभूमिलाई ध्यानमा राख्दै ५० अंक निकालेको बताए। ‘यही कुरालाई ध्यानमा राख्दै हामीले पहिलो अंक निकाल्यौं जुन प्रधानमन्त्रीको तुइन युग अन्त्यसँग जोडिएको थियो’, उनले भने, 'कार्यक्रम कस्तो रह्यो मूल्यांकन यहाँ लगायत सम्पूर्ण दर्शकको, कमिकमजोरी रहे होलान्, भए होलान्, जस अपजस दुबै कथा नेपालको हो।’

कार्यक्रम निर्माणका समयमा जे भनिएको थियो, अहिलेसम्म त्यसमा तलमाथि नभएको समेत पाण्डेले बताए। ‘कार्यक्रम सुरु गर्दा मैले भनेको थिएँ- कार्यक्रम निमाणको सम्पूर्ण खर्च कथा नेपालले ब्यहोर्छु भनेर। म छातिमा हात राखेर भन्छु- आजसम्म सरकारसँग एक रुपैयाँ लिएको छैन’, उनले भने,‘नेपाल टेलिभिजन लगायत अन्ये दुईवटा प्राइभेट टेलिभिजनलाई पैसा तिरेर कार्यक्रम प्रसारण गरेका छौं।’

विभिन्न संस्थाबाट विज्ञापन लिएर कार्यक्रम संचालन गरेको भने पाण्डेले स्वीकार गरे। तर, विभिन्न मापदण्ड बनाएर विज्ञापन प्रसारण गरेको उनको भनाइ छ। कार्यक्रम नेपाल टेलिभिजन र एपीवान टेलिभिजनबाट प्रसारण हुने गर्थ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.