टेकु पुल भत्काएर नयाँ बनाउन निर्देशन

टेकु पुल भत्काएर नयाँ बनाउन निर्देशन

काठमाडौं : पप्पु कन्स्ट्रक्सनले बनाएको टेकुस्थित विष्णुमती पुल भत्काउनुपर्ने भएको छ। चिनियाँ जेटआईईसी–पप्पु जेभीद्वारा बनाइएको टेकु पुलमा इन्जिनियर (परामर्शदाता) को निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता सुदर्शन कार्कीका अनुसार निर्माणकार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन आग्रह गरिएको छ। ‘खरिद सम्झौताअनुसार पुल निर्माण भएको छ। गुणस्तरीय सामग्री प्रयोग नगरी पुल निर्माण गरिएको छ’, कार्कीले भने, ‘ठेक्का सम्झौताअनुसार पुलको भार क्षमता छैन।’ ठेक्का शर्तमा उल्लेख गरेभन्दा फरक तरिकाले निर्माण भएको संरचना भत्काइ सुुधार गर्न सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कम्पनीलाई मंगलबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएको छ। उक्त अवधिभित्र निर्माण गरिएको संरचना भत्काइ ठेक्का शर्तअनुसार नबनाए ठेक्का तोडिनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा पुलको ठेक्का लगाएको थियो। निर्माण कम्पनीले १३ करोड ९२ लाख रुपैयाँमा मात्र भुक्तानी पाएको छ। दिगो सहरी विकास आयोजना र निर्माण कम्पनीबीच २०७१ असारमा ६० मिटर लामो पुल निर्माण गर्ने सम्झौता भएको थियो। पुल बनाउने क्रममा निर्माण कम्पनीले परामर्शदाता र आयोजनालाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गर्दै आएको थियो। निर्माण कम्पनीले पिलर निर्माणदेखि नै ठेक्का सम्झौता विपरीत पुल बनाउँदै आएको थियो।

६० मिटरको पुललाई वारी र पारी जोड्न तीनवटा पिलर बनाउनेगरी डिजाइन पास गरिएको थियो। नदीको दायाँ २०, बायाँ १० र बीचमा ३० मिटरको पिलर बनाएर पुल बनाउने ठेक्का सम्झौता छ। २५ मिटरभन्दा कमको पिलर सामान्य प्रक्रियाबाट निर्माण गरिन्छ भने सोभन्दा लामो पिलरमा तारलाई तन्काएर बाँध्नुपर्ने हुन्छ।

पुल बनाउने क्रममा निर्माण कम्पनीले परामर्शदाता र आयोजनालाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गर्दै आएको थियो।

बीचको पिलरलाई अन्य पिलरसँग जोड्न सातवटा बिम बनाउनुपर्ने हुन्छ। एउटा बिममा १५.७ एमएमको ३ वटा तार राख्नुपर्छ। तर निर्माण कम्पनीले ०.५ एमएम कमको १५.२ एमएमको तार राखेर परामर्शदाता र आयोजनाको आँखा छल्न सिमेन्टको घोल हालेर पुरेको थियो।

यस्तै पुलको बीचको पिलरभन्दा नदीको दायाँबायाँको पिलर अगाडि बनाइएको थियो। पुललाई बलियो बनाउन बिममा राखिएको तारलाई मेसिनको सहायताले तानेर अन्य पिलरसँग जोड्नुपर्ने हुन्छ। तर, दायाँबायाँको पिलर पहिले नै बनाइएको थियो। यसरी पिलर बनाउँदा २० मिटरको पिलर भएको ठाउँमा मेसिन राख्ने पर्याप्त ठाउँ पनि थिएन। एकातर्फको कुनामा मात्र मेसिन राखेर बिमको तार कसिएको थियो। एकातर्फ मात्र तार कसिएकाले पुलले हेभी गाडीको भार थेग्न नसक्ने र आयु पनि कम हुने डिभिजन कार्यालय काठमाडौंको निष्कर्ष छ।

गाडी गुड्ने भाग ढलान गर्नुअघि तार हालेर दुवैतर्फ लाठा तान्नुपर्ने थियो। ठेक्का सम्झौताअनुसार तार भए वा नभएको जाँच गर्न पुल्चोक इन्जिनियर क्याम्पसमा नमुना पठाइएको थियो। त्यो नमुना परीक्षणको नतिजा आउनुअघि नै तार राखेर त्यसलाई झिक्न नमिल्नेगरी सिमेन्टको घोल हालेर पुरिएको थियो। साथै मिक्स डिजाइनबाट निर्माण गर्दा इन्जिनियरको उपस्थितमा गर्नुपर्ने हुन्छ। तर, निर्माण व्यवसायीले इन्जिनियरलाई जानकारी नदिई मिक्स डिजाइन प्रयोग गरेका थिए।

। परामर्शदाताले कम गुणस्तरको सामग्री प्रयोग गरेर पुल निर्माण भएको र यसमा गाडी गुड्ने अनुमति नदिन डिभिजन कार्यालय काठमाडौंलाई पत्र लेखेसँगै यो विवाद सतहमा आएको थियो। पप्पुले सोही पुलबापत २०७५ भदौमै निर्माण सम्पन्न भइसकेको जनाउँदै २ करोड रुपैयाँ भुक्तानी माग गरेको तर डिभिजन कार्यालय काठमाडौंले भुक्तानी दिन अस्वीकार गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.