मुस्ताङलाई चारवटा हेलिकप्टर ल्याउन अनुमति

मुस्ताङलाई चारवटा हेलिकप्टर ल्याउन अनुमति

काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मुस्ताङलाई नेपाल नागरिक उड्डयान प्राधिकरणले हेलिकोप्टर ल्याउने अनुमति दिएको छ। २०७५ वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) पाएपछि यो कम्पनीले उडान सञ्चालन अनुमतिको निम्ति प्राधिकरणमा आवेदन दिएको थियो।

यसको आवश्यक कागजात अध्ययन गरेर हेलिकप्टर ल्याउन अनुमति दिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। उनका अनुसार प्राधिकरणले मुस्ताङ हेलिकप्टर प्रालिलाई एक वर्षभित्र हेलिकप्टर ल्याउन पाउने गरी नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गरेको हो। यो अनुमतिपछि उक्त वायुसेवा कम्पनीले तोकिएको शर्त पालना गरेर हेलिकप्टर आयात गर्न पाउने जानकारी पनि पोखरलले दिए। यो वायुसेवाले पोखरालाई आधार बनाएर हेलिकप्टर सञ्चालनको अनुमति माग गरेको छ।

तोकिएको समयभित्र जहाज ल्याएर यसले आवश्यक प्रक्रिया पूरा गरेर उडान सञ्चालन अनुमति (एओसी) लिन सक्ने पनि पोखरेलले बताए। यो वायुसेवालाई हाल जहाज ल्याउन मात्रै अनमुति दिएको हो। त्यसपछि यसले फेरि आवश्यक प्रक्रिया पूरा गरेर मात्रै एओसी पाउन सक्ने प्राधिकरणको भनाइ छ। मुस्ताङ हेलिकप्टरका अध्यक्ष रोनन लामिछानेका अनुसार प्राधिकरणले चारवटा हेलिकप्टर ल्याउने गरी अनुमति दिएको छ। सो अनुमति पनि अब यो कम्पनीले तीन महिनाभित्रै हेलिकप्टर भिœयाउने भएको छ।

मुस्ताङ कम्पनीले पोखरा विमानस्थललाई आधार बनाएर देशैभर हेलिकप्टर सेवा दिनेछ।

मुस्ताङले गरेको तयारीअनुसार आगामी अक्टोबर भित्रै हेलिकप्टर ल्याउने छ। प्राधिकरणले दिएको एनओसीअनुसार मुस्ताङले युरोपेली वायुसेवा कम्पनी एयरबस हेलिकप्टर कम्पनीले उत्पादन गरेको एएसस ३५० बी थ्री नामक पाँच सिट क्षमताका दुईवटा हेलिकप्टर ल्याउने छ। यसले अमेरिकी कम्पनीले उत्पादन गरेको रोबिन्सन नामक चार सिट क्षमताको अर्को दुई हेलिकप्टर पनि ल्याउने भएको छ। फरक प्रक्रियाका दुई हेलिकप्टर कम्पनीका चारवटा हेलिकप्टर उडाउने तयारी गरिरहेको छ।

बजारको आवश्यकता अनुसारका हेलिकप्टर उडान पनि दुई फरक खालका ल्याउन लागिएको मुस्ताङले जानकारी दिएको छ। यो कम्पनीले पोखरा विमानस्थललाई आधार बनाएर देशैभर हेलिकप्टर सेवा दिने पनि लामिछानेले बताए। हेलिकप्टर सञ्चालनका निम्ति आवश्यक जनशक्तिकोे व्यवस्थापन र कार्यालय स्थापनाको काम पनि भइरहेको छ।

अन्नपूर्ण हेलिकप्टर पनि प्रक्रियामा

प्राधिकरणका अनुसार अर्को नयाँ हेलिकप्टर कम्पनी अन्नपूर्णले पनि अनुमति मागेको छ। यो हेलिकप्टरले पनि हेलिकप्टर ल्याउने अनुमति मागेको हो।

यसको अवाश्यक कागजातको प्रक्रिया अगाडि बढेको छ। यसले पनि हेलिकप्टर ल्याउने अनुमति पाउने प्राधिरकणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार यसले पनि पोखरालाई नै आधार बनाएर उडान सञ्चालन गर्ने भएको छ। मन्त्रालयबाट यसअघि राज साउद सञ्चालक रहेको आरएस नामक हेलिकप्टरले पनि इजाजतपत्र पाएको थियो। यो हेलिकप्टरले भने उडान अनुमतिको निम्ति प्राधिकरणसमक्ष कुनै प्रक्रिया अगाडि भने बढाएको छैन।

प्राधिकरणका अनुसार मन्त्रालयबाट इजाजत पाएको भन्ने जानकारी अनौपचारिक रूपमा आए पनि यसले प्राधिकरणसँग कुनै पनि प्रक्रियाको औपचारिक तयारी भने गरेको छैन। नयाँ जहाज कम्पनीले मन्त्रालयबाट इजाजत लिँदै कम्तिमा १५ करोड रुपैयाँको चुक्ता पुँजी देखाउनुपर्छ। १० हजार निवेदन दस्तुर र एक लाख रुपैयाँ राजस्व दाखिला गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था आन्तरिक उडानका वायु सेवाका लागि हो।

हाल नेपाली आकासमा १० वटा हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन्। यी कम्पनीका विभिन्न क्षमताका ३३ वटा हेलिकप्टर छन्। यसमध्ये एयर डाइनेस्टी हेली सर्भिसको चार, श्री एयरलाइन्सका सात, सिम्रिक एयरका पाँच, प्रभु हेलिकाप्टरको पाँच, समिट हेलिकप्टरको तीन, अल्टिच्युड, हेली एभरेस्ट, माउन्टेन हेलिकप्टर र कैलाश हेलिकप्टर्स सर्भिसेजको २/२ वटा हेलिकप्टर रहेको छ।

मनाङको एउटा सञ्चालनमा छ। अहिले विभिन्न कम्पनीका ३३ वटा हेलिकप्टर छन्। यी हेलिकप्टरमध्ये हाल सञ्चालनमा भने २८ वटा रहेको हेलिकप्टर सोसाइटी अफ नेपालले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.