फेरि भीडभाडमा प्रियंका

फेरि भीडभाडमा प्रियंका

प्रियंका कार्कीले सोलो हिरोइनका रूपमा अभिनय गरेका एउटा फिल्म पनि चलेका छैनन्। भीडभाडका फिल्ममा भने प्रियंका हिट छिन्। ‘छक्कापञ्जा’देखि ‘नाइँ नभन्नू ल’ सिरिजमा प्रियंका छिन् र ती फिल्म हिट पनि छन्। तर, जब सोलो हिरोइनको कुरा आउँछ, प्रियंकाको खाता शून्य।

भीडका लागि लक्की मानिने प्रियंकाले फेरि यस्तै भीडभाडको फिल्म गर्ने पक्का भएको छ। फिल्मको नाम राखिएको छ, ‘लक्का जवान’। शिवहरि पौडेलले निर्देशन गर्ने फिल्मलाई किरण केसी र दिलिप रायमाझी मिलेर बनाउँदै छन्। 

किरण केसीले बनाएको ‘दाल भात तरकारी’को घोषणा कार्यक्रममा पनि प्रियंकाको नाम प्राथमिकताका साथ लिइएको थियो। तर, फिल्ममा उनले जम्मा एउटा आइटम डान्स गरेकी थिइन्। अहिले पनि उनलाई बकाइदा कलाकारका रूपमा चिनाइएको छ, तर डर छ, फेरि त्यस्तै सानो रोल नहोस्।

किनकि, फिल्मबाट दिलिप रायमाझीकी छोरीले डेब्यू गर्ने चर्चा छ। यस्तो हो भने मुख्य भूमिकामा उनकी छोरी र उनको अपोजिटमा रहने हिरो हुनेछन्। अनि, प्रियंका चाहिँ फेरि पनि सानोतिनो रोलमा। प्रियंकाको जुनी यसरी नै भीडभाडका फिल्म खेलेर जाने भो कि के हो ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.