जिस्काउथेँ म, उनी दंग पर्थिन्

जिस्काउथेँ म, उनी दंग पर्थिन्

काठमाडौं : सुमनकुमार श्रेष्ठको एकल गीति एल्बम बिहानी- ४ को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ। विन्ध्यवासिनी म्युजिक र बिन्दु हाडवेयरको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा भिडियो विमोचन गरिएको हो। 

गीतकार दिनेश अधिकारीको शब्द एंव संगीतकार दीपक जंगमको संगीत रहेको जिस्काउथेँ म, उनी दंग पर्थिन् बोलको गीतमा सुमनकुमारको एकल स्वर रहेको छ। दिनेश डीसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डीसी, विनोद परियार, अनुरोध अधिकारीलगायतको अभिनय रहेको छ।

नेपाली संगीत क्षेत्रका करिब तीन सयजना हस्तीबीच आयोजित कार्यक्रममा गायक       श्रेष्ठकी आमा सावित्रीदेवी श्रेष्ठ, संगीतकार दीपक जंगम, गीतकार दिनेश अधिकारी र गायक       श्रेष्ठले एकैसाथ संयुक्त रूपमा एल्बमको विमोचन गरेका थिए। ब्याकअप ब्यान्डको वाद्यवादनमा एकल प्रस्तुति दिएका सुमनकुमारले आफ्ना लोकप्रिय गीतहरू टोपी लाए पनि हुन्छ, यो मन, खाएको कसमको लाज राख्नु है, मुटु चोरी लाने मायालगायत प्रस्तुत गरेका थिए। कार्यक्रममा गीतकार राजेन्द्र थापाले       श्रेष्ठको बायोग्राफी भिडियो सार्वजनिक गरेका थिए।

विन्ध्यवासिनी म्युजिकको बजार व्यवस्थापन रहेको उक्त गीतको भिडियो युट्युबमा समेत सार्वजनिक गरिएको थियो। श्रेष्ठको यो सातौं गीति एल्बम हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.