बाढीको खतरामा लाखौं दक्षिण एशियाली

बाढीको खतरामा लाखौं दक्षिण एशियाली

नयाँदिल्ली : दक्षिणी एशियाका करिब साठी लाख नागरिक बाढीको खतरा रहेका छन्।मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको र कम्तीमा ६० लाख नागरिक भारी वर्षाका कारण खतरामा रहेको बताइएको हो। केही दिनयता दक्षिण एशियाका प्रायः देशहरूमा भीषण बाढी आएको छ।

भारतको असममा दश लाख नागरिक विस्थापित भएका छन्। यहाँ ब्रह्मपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७५० गाउँ नै बगाएको छ। त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ। त्यस्तै यहाँका अन्य राज्यमा बाढीको प्रकोप देखिएको छ।

त्यसैगरी बंगलादेशमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन्। यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन्।

ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ। आपत्कालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ।

यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ। भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ। रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रूपमा रहेको छ। यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एशिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने, ‘बाढीको प्रकोप प्रतिदिन बढ्दो छ, विस्थापित हुनेको संख्या पनि प्रतिदिन बढिरहेको छ।’ उनले बाढीले मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रूपमा रहेको जानकारी दिएका छन्।

यही हिसाबले थप केही दिनसम्म बाढीको प्रकोप बढ्दै गए दक्षिण एशियाली देशका कम्तीमा पनि ६० लाख नागरिकलाई क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ। अहिले आफूहरू आपत्कालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उनले दिए। उनले भने, ‘बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै शुरु भएकाले यसले अझै पनि ठूलो क्षति पुर्‍याउन सक्ने खतरा छ।’ रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.