शान्तिभूमिमै बुद्धका मूर्ति तोडफोड

शान्तिभूमिमै बुद्धका मूर्ति तोडफोड

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड भएका छन्। जन्मस्थल लुम्बिनीको प्रवेशद्वार तिलोत्तमा नगरपालिकाको सडक डिभाइडरमा राखिएका पाँचवटा मूर्ति तोडफोड गरिएको हो।

केही महिनाअघि मात्रै लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले २० वटा बुद्धमूर्ति स्थापना गरेको थियो। तीमध्ये शंकरनगर क्षेत्रका ५ वटा मूर्ति तोडफोड गरिएको हो। मूर्ति तोडफोडबारे केही खुल्न आएको छैन।प्रहरीले अनुसन्धान थालेको छ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नियोजितरुपमै बुद्धका मूर्ति ढलाइएको बताए। 'आशान्ति चाहने व्यक्तिबाट यस्तो निन्दनीय कार्य भएको छ, यो सिंगो लुम्बिनीकै लागि अशुभ कुरा हो,' उनले भने।

बुटवल-भैरहवा ६ लेन सडकको सौन्दर्यकरण र पर्यटन पवद्र्धनका लागि नगरपालिकाले २० लाख लागतमा मूर्ति निर्माण गरेको थियो। नगरक्षेत्रभित्र पर्ने सबै सडकमा मूर्ति राख्ने योजना नगरपालिकाको छ। त्यसका लागि यस वर्ष पनि बजेट बिनियोजन गरिएको छ।

बुद्धमूर्तिको तोडफोडले बौद्ध समुदाय निराश छन्। लुम्बिनी क्षेत्रमै यस्ता गतिविधि गर्नेलाई तत्काल कारबाही हुनुपर्ने उनीहरुको माग छ। तिलोत्तमा नगरक्षेत्र बौद्ध सर्किटमा पर्छ भने लुम्बिनीबाट करिब ४० किलोमिटर उत्तर-पूर्वमा रहेको छ ।

नगरलाई सौन्दर्यकरणका लागि सिद्धार्थनगर नगरपालिकाले पनि भैरहवा क्षेत्रमा बुद्ध मूर्ति स्थापना गरेको छ। तिलोत्तमामा घटेको यो घटनाले मूर्ति असुरक्षित रहेकोमा चिन्ता गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.