सिप्रदीको नयाँ अफर : क्याम्पदेखि गाडी ऐक्सचेन्ज अफरसम्म

सिप्रदीको नयाँ अफर : क्याम्पदेखि गाडी ऐक्सचेन्ज अफरसम्म

काठमाडौं :  टाटा मोर्टसका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता, सिप्रदी ट्रेडिङ्गले श्रावण १ गतेदेखि ३ गतेसम्म ऐक्सचेन्ज अफरसहितको फ्रि मनसुन चेकअप क्याम्प सुरु गरेको छ।

काठमाडौंको सोल्टीमोड, बालकुमारी,बागडोल र काठमाडौं बाहिरका इटहरी, पोखरा, नेपालंगञ्ज, वीरगंज र मेचीमा क्याम्प सुरु भएको छ। सो कार्यक्रममा ग्राहकले टाटाका गाडी चेकजाँच गराउन सक्नेछन्। गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन आकर्षक क्यास डिस्काउन्टसहित ऐक्सचेन्ज अफर पाइने समेत जनाएको छ। 

सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। साथै मेकानिकल खर्चमा ५० प्रतिशत, व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुटका साथै ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरिने कम्पनीले जनाएको छ।

साथै फ्री टप वासको व्यवस्था, मनसुन ड्राइभिङमा सेफ्टी टिप्स र एक जोडिले नगरकोट होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन्। मनसुनको समयलाई लक्षित गरी आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकको उल्लेख्य रुपमा सहभागीता रहने विश्वास व्यक्त गर्दै ग्राहकका लागि फलदायी हुने कम्पनीको दावी छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.