समता अस्पतालकी संचालक सञ्जेलसहित तीन धरौटीमा रिहा

समता अस्पतालकी संचालक सञ्जेलसहित तीन धरौटीमा रिहा

काठमाडौं : समता अस्पतालका सञ्चालक कला सञ्जेलसहित तीनजना तीन तीन लाख धरौटी बुझाएर रिहा भएका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर उनीहरू रिहा भएका हुन्।

बुधबार धरौटी बुझाउन नसकेपछि उनीहरूलाई जेल चलान गरिएको थियो।  

अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले अस्पतालकी सञ्चालक कला सञ्जेल र कर्मचारीहरू संगीता केसी र तीर्थकुमारी श्रेष्ठ धरौटी बुझाएर रिहा भएको बताए।  

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलिरहेको छ। समता अस्पतालमा कार्यरत सफाई कर्मचारीको शंकास्पद आत्महत्याको विषयमा यसका सञ्चालक पनि विवादमा तानिएर अदालतमा मुद्दा खेपिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.