विद्युतीय बस खरिद : साझा यातायातमा सरकारको तीन अर्ब शेयर
काठमाडौं : सरकारले विद्युतीय बस खरिदका लागि साझा यातायातमा शेयर लगानी गर्ने भएको छ । तीन सय थान नयाँ विद्युतीय बसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् सरकारले साझा यातायातमा लगानी गर्न लागेको हो ।
बिहीबार आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोताले नयाँ विद्युतीय बस खरिदका लागि सरकारले साझामार्फत् लगानी गर्ने निर्णय गरेको जानकारी दिए ।
‘तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय गरिएको छ’, पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोला नियुक्त गर्ने निर्णय भएको जानकारी गराए ।
थप निर्णय जस्ताको तस्तै :