शूल्क घटाउन अनेरास्ववियुको माग

शूल्क घटाउन अनेरास्ववियुको माग

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले कक्षा ११ र १२को भर्ना लगायत अन्य मनलाग्दी तरिकाले लिइएकाे शूल्क नियन्त्रण गर्न सरकारसँग माग गरेकाे छ। संगठनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शूल्क घटाउन दबाबमुलक कार्यक्रम गर्ने निर्णय समेत गरेकाे हाे। 

कक्षा १२ सम्मको शिक्षा विद्यालयमा परिणत भइसकेको अवस्थामा सरकारले तोकेको मापदण्डलाई समेत मिच्दै स्कुल सञ्चालकले मनलाग्दी शूल्क लिइरहेकाे अनेरास्ववियूकाे निष्कर्ष छ। पत्रकार सम्मेलनमा संगठनका संयोजक ऐन महरले आफूखशी शूल्क लिने विद्यालयलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई बाध्य पार्ने समेत दाबी गरे।

गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन सरकारले विगतमा बनाएको मापदण्डलाई पालना गरिनुपर्ने, छात्रवृत्तिमा छनोट भएका विद्यार्थीको सूची हरेक स्थानीय तह र सम्बन्धित विद्यालयले पारदर्शी रुपमा सूचना पाटीमा टाँस्नुपर्ने, बाढी, पहिरो तथा हुरीबाट प्रभावित वालवालिकालाई पनि छात्रवृत्तिमा पढ्ने व्यवस्था गर्न संगठले सरकारसंग माग गरेको छ।

विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्दा भागबण्डा गर्ने प्रवृत्तिको अन्त्य गरी खुल्ला प्रतिस्पर्धाको विधि अपनाउन पनि सरकारसंग माप गरिएको पूर्व एमाले निकट अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.