उच्चका ७८ र जिल्ला १५६ न्यायाधीश सरुवा, काे कहाँ? (सूचीसहित)
काठमाडौं : न्याय परिषदको विहीबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ न्यायाधीशको व्यापक सरुवा गरेको छ। आर्थिक मसान्तको समाप्तीलगत्तै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको न्याय परिषद् वैठकले उक्त निर्णय लिएको हो।
भ्रष्टाचारका मुद्दा हेर्न गठित विशेष अदालतका अध्यक्ष र सदस्यसहित सबैको सरुवा निर्णय लिएको छ। परिषद् वैठक निर्णय अनुसार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ भने अन्य दुई सदस्यको पनि सरुवा भएको छ। उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई विशेषको अध्यक्षमा ल्याइएको छ।
यस्तै सदस्यमा उच्चका न्यायाधीश कृष्ण गिरी, वालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र डा. रवि शर्मा अर्याललाई ल्याइएको छ। न्यायाधीशको पूर्ति भएसँगै अब विशेषमा दुईवटा इजलास संचालन हुने भएका छन्। परिषदका अनुसार उच्च अदालत जुम्ला इजलासका न्यायाधीश तेजबहादुर कार्की, बुटबल इजलासका प्रभा बस्नेत, लोहितचन्द्र शाह, बामदेव ज्ञवाली, धनकुटा इजलासका श्रीमणकुमार गौतम, हेटौंडा इजलासका डा.टेकप्रसाद ढुंगाना, बिरगञ्ज इजलासका भोजराज अधिकारी, नेपालगञ्ज इजलासका खुशीप्रसाद थारु, राजविराज इजलासका निलम पौडेल, विराटनगर उच्चका हरिप्रसाद भण्डारी, उच्च जनकपुरका अनन्तराज डुम्रे, पोखरा उच्चका श्रीकान्त पौडेल, जनकपुर उच्चका माधवप्रसाद पोखरेल, तुलसीपुर उच्चका ईश्वरराज आचार्य, र रामबहादुर थापालाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ।
यस्तै सबै भन्दा बढी मुद्दाको चाप हुने काठमाडौंमा मोरङ अदालतका पूर्णेश्वरप्रसाद उपाध्याय, नवराज दाहाल, धनकुटा अदालतका विनोदकुमार पोखरेल, धनुषा अदालतका ऋषिराम निरौला, महोत्तरी अदालतका ब्रजेश प्याकुरेल, सिरहा अदालतका सुदर्शनराज पाण्डे, बारा अदालतका जिल्ला न्यायाधीश कृष्णजङ शाह, प्रकाशचन्द्र अधिकारी, पर्सा अदालतका बद्रीप्रसाद ओली, बाँके अदालतका ओमप्रसाद अर्याल, ताप्लेजुङ अदालतका कृपासुर कार्की, कपिलवस्तु अदालतका भरतमणी खनाल, सप्तरी अदालतका श्रीप्रसाद सञ्जेल, लमजुङ अदालतका कोमलप्रसाद आचार्य, कैलाली अदालतका परशुराम भट्टराई, सोलुखम्बु अदालतका नारायण प्रसाद सुवेदी, नवलपुर अदालतका विदुर कोइराला, रुपन्देही अदालतका रामप्रसाद शर्मा र चितवन जिल्ला न्यायाधीश गिता श्रेष्ठलाई ल्याइएको छ।
यसैगरी काठमाडौं अदालतबाट न्यायाधीश भिष्मराज प्रसाईंलाई ललितपुर सरुवा गरिएको भने काठमाडौं अदालतका भरत लम्साल र सल्यानका मदनबहादुर धामीलाई ललितपुरमै काज तोकिएको छ। वैतडी अदालतका माधवप्रसाद अधिकारी र रुपन्देही अदालतबाट कमला पौडेललाई भक्तपुर सरुवा गरिएको छ। नुवाकोट अदालतका ऋषीकेश वाग्ले, रौतहट अदालतका दिवाकर भट्ट र रुकुम अदालतका कैलाशप्रसाद सुवेदी (हाल न्यायिक प्रतिष्ठान काज) लाई न्याय परिषदमा ल्याइएको छ।
काे कहाँ? सूची :