५० हजार घुससहित होटलबाट इन्जिनियर पक्राउ
मलंगवा : सर्लाहीको मलंगवास्थित एक होटलबाट ५० हजार घुससहित एक इन्जिनियर पक्राउ परेका छन् ।
बर्दिबासबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादवलाई पक्राउ गरेको हो । पूर्वयोजना अनुसार कामको मुल्याङ्कन मिलानका लागि उपभोक्ता समितिसँग रकम लिँदैगरेको अवस्थामा यादवलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ ।
पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि बर्दिबास लगिने अख्तियारको टोलीले जनाएको छ ।