कुमुद खोज्दै अख्तियार

कुमुद खोज्दै अख्तियार

काठमाडौं : निलम्वित डीएसपी कुमुद ढुंगेलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। उनको सम्पत्ति शंकास्पद देखिएको उजुरी परेपछि थप सम्पत्ति विवरण भराउन अख्तियारले ढुंगेललाई खोजेको हो।

रानीबारीस्थित एक घरमा भएको डकैती घटनामा ढुंगेलको भूमिका शंकास्पद देखिएपछि उनलाई निलम्वन गरिएको थियो। अख्तियारले असार २८ मा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी ढुंगेललाई उपस्थित गराउन भनेको छ। प्रहरी मुख्यालयले ढुंगेललाई यथाशिघ्र पक्राउ गरी अख्तियारमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई भनेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आएको पत्र आफूले पाएको बताए। ‘हामीले खोजी गरिरहेका छौं’, उनले भने, ‘सम्पर्कमा आउनेबित्तिकै अख्तियारमा बुझाउँछौं।’ अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले ढुंगेललाई उपस्थित गराउन पत्राचार गरिएको पुष्टि गरे। ‘पत्र पठाएका छौं’, उनले भने, ‘थप अनुसन्धानमै रहेकाले सबै विषय खुलाउन मिल्दैन।’

काठमाडौं प्रहरीको सादा पोसाकमा रहेर काम गरेका ढुंगेल पछिल्लो पटक इलाका प्रहरी रौतहटमा कार्यरत थिए। रौतहटमै रहेका बेला उनी निलम्वनमा परेका हुन्। उनकै नाता पर्ने समिरमानसिंह बस्न्त्यात कारागारमा छन्। उनीहरूबीच १ सय ६० पटक फोन सम्पर्क देखिएको छ। जेलमै रहेका अर्का अभियुक्त रमेश बाहुनसँग पनि उनको सम्पर्क देखिएको छ। उनको गतिविधि शंकास्पद देखिएपछि गृहसचिव प्रेमकुमार राईले निलम्वन गर्र्न स्वीकृति दिएका थिए। उनको स्थायी घर नुवाकोट भएकाले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि पत्राचार गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.