खेलाडी संघको ध्यानाकर्षण

खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई स्वागत गर्नुका साथै ध्यानाकर्षणपत्र बुझाएको छ।बिहीबार संघका अध्यक्ष दीपक श्रेष्ठले सदस्यसचिव सिलवाललाई पुष्पगुच्छा, माला र खादा प्रदान गरी स्वागत गर्नुका साथै विभिन्न सुझावसहितको १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई मात्र नगद पुरस्कार दिँदै आएकोमा रजत र कांस्यलाई पनि नगद पुरस्कारको व्यवस्था गर्नु पर्ने, सागको तयारीलाई तीव्र गतिमा अगाडि बढाउनु पर्ने, सागको छनोटको आधार स्पष्ट हुनु पर्ने, पदक विजेता खेलाडीको वर्गीकरण गरी सामाजिक सुरक्षाको व्यवस्था गर्नु पर्ने, नयाँ पुस्ताका खेलाडीलाई आकर्षित गर्न सरकारले नीति ल्याउनु पर्ने, स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गर्नुका साथै त्यसैका आधारमा सरकारले निश्चित सहुलियतका पहल गर्नु पर्ने र खेलाडीलाई पलायन हुनबाट जोगाउन नीतिगत पहल गर्नु पर्ने उल्लेख छ।

यस्तै सागका स्वर्णधारी, एसियाडका पदकधारी र ओलम्पियनहरुलाई दिइँदै आएको आजीवन भत्तालाई निरन्तरता दिँदै सागका रजत र कांस्य विजेतालाई पनि भत्ताको व्यवस्था गर्नु पर्ने, देशका लागि योगदान पुर्‍याएका खेलाडीहरुको मापन गरी प्रतियोगिता पश्चात पनि खेलाडीको बीमा गर्नु पर्ने, सागमा तीन वा सोभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कारबाट सम्मान गरिसकेकोमा तीनभन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था हुनु पर्ने, राजनीतिक आस्थाका आधारमा खेलाडीमाथि हुने विभेदको पूर्ण रुपमा अन्त्य हुनु पर्ने तथा राष्ट्रिय खेलाडी कल्याण कोषमा केही वर्षदेखि रकम थप गर्ने कार्य रोकिएको हुँदा हरेक वर्ष २० लाखका दरले कोषमा रकम थप गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने भनिएको छ। कायृक्रममा सदस्यसचिव सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आफ्नो पहिलो चुनौती भएको बताएका थिए।

       


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.