कंगोमा इबोला संकट

कंगोमा इबोला संकट

कंगो : विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला बढेपछि संकटकाल घोषणा गरेको छ। संगठनका महानिर्देशक टेड्रोस एदहनाम घेब्रेयीससले बुधवार उक्त घोषणा गरेका हुन्। रुवान्डासँगको सीमा क्षेत्र गोमामा यसका विरामी देखापरेको २० लाख जनसंख्या रहेको गोमामा कडा निगरानीका साथै अति संवेदनशीलता अपनाइएको छ।

कंगोमा मात्रै इबोलाका कारण अहिलेसम्म १६ सय जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो साता फेरि इबोलाका विरामी भेटिएपछि यसबारे उच्च सतर्कता अपनाइएको हो। स्वास्थ्यकर्मीले भने यसपटक विगतमा भन्दा बढी सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्। कंगोमा मात्रै चारपटक इबोलाको महामारी फैलिएको छ।

यसपटक कंगोबाट अन्यत्र पनि इबोला फैलनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। युगान्डा र रुवान्डामा पनि उच्च सतर्कता अपनाइनुपर्ने बताइएको छ। इबोलाको संक्रमण अहिलेसम्म २ हजार ५ सयमा देखिसकेको छ। तीमध्ये दुई तिहाइको मृत्यु भइसकेको छ। पछिल्लो साता पनि इबोलाका विरामी देखिन थालेपछि सतर्कता अपनाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.