बाजुरामा जीप दुर्घटना :२ को मृत्यु, ११ घाइते

बाजुरामा जीप दुर्घटना :२ को मृत्यु, ११ घाइते

बाजुरा : जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको कर्णाली करिडोरअन्तर्गत जगन्नाथ गाउँपालिका- ५  भुवाखोलामा जीप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। क १ ज २१ नम्बरको जीप दुर्घटनामा दुईको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएपी उद्धवसिंह भाटले जानकारी दिएका छन्।घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ बस्ने २५ वर्षीय रामबहादुर शाही र कालिकोट घर भएका जीप चालक २७ वर्षीय रमेश बोगटी रहेको प्रहरीले जनाएको छ। जीपमा सवार १५ जनामा २ जना सकुशल भएको प्रहरीले बताएको छ। जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको बताएको छ। घाइेलाई प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी ल्याइँदै छ। 

चारजना गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला बाहिर लानुपर्ने भएकाले जिल्ला प्रशासन कार्यलयमार्फत हेलिकप्टका लागि कुरा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धबसिं भाटले बताएका छन्।जीप पिलुचौरबाट कालिकोटतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.