‘ड्रग’को लतमा स्कुले विद्यार्थी !

‘ड्रग’को लतमा स्कुले विद्यार्थी !

काठमाडौं : फर्मास्यूटीकल लागुऔषधको लतमा फसेका मध्ये अधिकांश स्कुले विद्यार्थी रहेको देखिएको छ। नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोको तथ्यांक अनुसार फर्मास्यूटीकल लागुऔषधको लतमा फसेका मध्ये ९० प्रतिशत १४ देखि १९ उमेर समूहका छन्। 

ब्यूरोको तथ्यांक अनुसार नेपालका किशोरकिशोरीले सबैभन्दा बढी बुप्रेनोर्फीन र डियाजेपाम नामक फर्मास्यूटीकल लागुऔषधको प्रयोग गर्ने गरेका छन्। विगत ९ वर्षदेखि प्रत्येक वर्ष २५ देखि ३५ हजार एम्पुलको अनुपातमा बुप्रेनोर्फीन र ४० देखि ५० हजारको अनुपातमा डियाजेपाम बरामद हुँदै आएका प्रहरीको तथ्यांकमा उल्लेख छ। 
बुप्रेनोर्फीन र डियाजेपाम भारतमा खुला रुपमा पाइने भएकाले नेपालमा फैलिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी कृष्ण प्रसाईंलेको भनाइ छ। ‘खुल्ला सीमा भएको छिमेकमै पाइने र अरु भन्दा सस्तो पनि हुने भएकाले नेपालमा फर्मास्यूटीकल लागुऔषधको खपत बढी छ,’ प्रसाईंले भने।  

बढ्यो दूव्र्यसनी
पछिल्ला पाँच वर्षमा जम्मा २८ लाख २ हजार ४४ एम्पुल फर्मास्यूटीकल लागुऔषध बरामद भएको तथ्यांक ब्यूरोसँग छ। जसमा ४ लाख ७ हजार ७१८ एम्पुल डियाजेपाम, १ लाख ६० हजार ३३९ एम्पुल बुप्रेनोर्फीन र ८ लाख ३२ हजार ९६५ एम्पुल अन्य फर्मास्यूटीकल लागुऔषध रहेका छन्। 

अर्थिक वर्ष २०७१/७२ सालमा प्रहरीले १८ हजार ९५० डियाजेपाम, २५ हजार ५६ बुप्रेनोर्फीन र अन्य ९५ हजार ५७३ एम्पुल गरी जम्मा २ लाख ७९ हजार १५८ एम्पुल फर्मास्यूटीकल लागुऔषध बरामद गर्‍यो। तर, यो संख्या ०७२ मा बढेको देखियो। ०७२/७३ सालमा जम्मा ३ लाख ४२ हजार १९४ एम्पुल फर्मास्यूटीकल लागुऔषध बरामद भए। जसमा डियाजेपाम ३४ हजार ९७७, बुप्रेनोर्फीन २५ हजार १९१ र १ लाख १० हजार ९२९ एम्पुल रहेको ब्यूरोको तथ्यांकमा छ।

त्यस्तै ०७३÷७४ सालमा पनि बढ्ने क्रम रोकिएन, यो वर्ष ४९ हजार ३०४ डियाजेपाम, ३१ हजार ५६७ बुप्रेनोर्फीन र अन्य १ लाख ८१ हजार २०३ एम्पुल गरी जम्मा ५ लाख २४ हजार १४८ एम्पुल फर्मास्यूटीकल लागुऔषध बरामद गर्‍यो।

०७४/७५ सालमा जम्मा ५ लाख ३६ हजार १५८ एम्पुल फर्मास्यूटीकल लागुऔषध बरामद भए। जसमा डियाजेपाम ६६ हजार ४३०, बुप्रेनोर्फीन ५८ हजार ९६३ र २ लाख ७५ हजार ५४६ एम्पुल रहेको ब्यूरोको तथ्यांक छ। 

त्यस्तै ०७५÷७६ फागुनसम्म २८ हजार ९२ डियाजेपाम, २५ हजार ६६८ बुप्रेनोर्फीन र अन्य १ लाख ६९ हजार ७१४ एम्पुल गरी जम्मा ४ लाख ४६ हजार ९४८ एम्पुल फार्मास्यूटिकल लागुऔषध बरामद गरेको गर्‍यो। 

घर परिवारमा बेमेल भएका बालबालिका किशोरकिशोरी यी लागुऔषधको दूव्र्यसनीमा फसेको व्यूरोका एसपी प्रसाईले बताए। ‘सानै उमेरका मानिस लागुऔषधको कुलतमा फसेको हाम्रो अनुसन्धानले देखाउँछ’, उनले भने,‘सामान्यतः सीमा छेउछाउमा पर्ने सहरका बालबालिका तथा किशोरकिशोरी यस्ता लागुऔषधको दुव्र्यसनीमा फसेको देखिन्छ।’ 

पछिल्लो समय सीमा क्षेत्रका सहर मात्र नभएर लागुपदार्थ ओसारपसारमा संलग्न तस्करले देशका विभिन्न स्थानमा फर्मास्यूटीकल लागुऔषध पुर्‍याउन थालेको एसपी प्रसाईंको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.