अझै घर फर्किएनन् काठमाडौंका बाढीपीडित

अझै घर फर्किएनन् काठमाडौंका बाढीपीडित

काठमाडौं : लत्ता-कपडा, जुत्ता चप्पल छरपस्ट छन्। घर बनाएर रहेको बाँकी खाली ठाउँमा सुकाइएको छ, ओड्ने-ओछ्याउने। सबैलाई कोठा सफा गर्न भ्याई–नभ्याई छ। 

यो दृश्य कुलेश्वरको हो। असार २७ गते बल्खु खोला शहर पस्दाको सास्तीले स्थानीयलाई अझै छाडेको छैन। खोला साँघुरो बनाएर बस्ती बसाउँदा कुलेश्वर अपार्टमेन्ट सोसाइटी, कलंकी भाटभटेनी र बलम्बु क्षेत्रका बस्तीमा बल्खु खोला पसेको थियो । खोलाले अपाटमेन्टको तल्लो तलाका १७ फ्यालट पूरै डुबायो। खोला पसेको एक हप्तामा पानी सुकिसकेको छ। तर, लेदो भने कोठाभरि छ। 

‘लुगा–कपडा काम लाग्छ कि भनेर सुकाएका छौँ’, स्थानीय रमेश श्रेष्ठ भन्छन्, ‘बर्खा अझै बाँकी छ। फेरि पानी पस्छ भन्ने डर छ। खोला नियन्त्रणमा सरकारको ध्यान जाओस्।’

खोला बस्तीमा पसेको एक सातामा पनि सर्वसाधरण आफ्नो अपार्टमेन्टमा फर्किन सकेका छैनन्। केही आफन्तको शरणमा छन् त केही होटलमै चर्को शुल्क तिरेर बसिरहेका छन्। फेरि पानी पस्ने डर हुँदाहुँदै कतिपय भने कोठा सफा गर्न थालिसकेका छन्। 

‘बाढीले सबै सामान डुबायो। कोठामा भएका केही पनि काम नलाग्ने अवस्थामा पुगे’, अपार्टमेन्ट लिएर कुलेश्वर बस्दै आएकी दुर्गा तिवारी भन्छिन्, ‘धन्न पानी बड्न थालेपछि डकुमेन्टचाहिँ सुरक्षित गर्न पाइयो।’ 

बाढी आउँदा प्राध्यापक सुवोध झा जनकपुर थिए। कोलोनीमा बाढी आएको थाहा पाएपछि उनी काठमाडौं आए। आइपुग्दा उनका सबै कागजपत्र डुबेका थिए। आफ्नो अपार्टमेन्टभित्र पस्नसक्ने अवस्था थिएन। ‘भाइ कहाँ बस्दै छु। अहिले पनि दराज खोलेर हेर्न सकेको छैन। सबै सामान खतम भए’, उनी भन्छन्, ‘डकुमेन्ट डुब्यो। अब त परिचयबिनाको मान्छे हुन लाग्यो।’

खोला पसेको क्षेत्रमा महामारी फैलन्छ कि भन्ने त्रास छ। ‘यहीँ काठमाडौंमा त सरकारको ध्यान जानसकेको छैन। दुर्गम ठाउँमा के होला ? यहाँ फोहोर ढल पनि पसेको छ। कोठामा लेदो गन्हाएको छ’, वृद्धा उषाकिरण झा भन्छिन्, ‘अब यहाँ औषधि छर्किनुपर्छ। नभए विभिन्न रोग आउन सक्छ।’

कुलेश्वर अपार्टमेन्ट क्षेत्र, कलंकी भाटभटेनी र बलम्बुमा शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निरीक्षण गरेको छ। निरीक्षणमा पुगेका सांसदलाई स्थानीयले खोला नियन्त्रणमा ध्यान दिन आग्रह गरे।

समितिले तराईको डुबान अनुगमन गरेपछि मात्र सरकारलाई आवश्यक निर्देशन दिनेछ। ‘कसरी समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ भनेर निरीक्षणमा आएका हौँ’, समिति सभापति शशी श्रेष्ठले भनिन्, ‘निरीक्षणपछि सरकारलाई आवश्यक निर्देशन दिन्छौँ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.