भीसीटीएस प्रणाली विरोधमा ढुवानी बन्द, राजस्व संकलन प्रभावित

भीसीटीएस प्रणाली विरोधमा ढुवानी बन्द, राजस्व संकलन प्रभावित

 भैरहवा : सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको भेहिकल एन्ड कनसाइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणालीका कारण राजस्व संकलन प्रभावित भएको छ। सरकारले लागू गरेको यो प्रणालीको उद्योगी व्यवसायीले विरोध गर्दै आन्तरिक र बाह्य ढुवानी ठप्प पारेपछि राजस्व संकलन प्रभावित भएको हो।

मालसामानको आन्तरिक ओसारपसारको अनलाइन निगरानीका लागि सरकारले यो प्रणाली लागू गरेको हो। तर उद्योगी व्यवसायी तयारी र पूर्वाधार बिनै भीसीटीएस प्रणाली लागू गरेको भन्दै आन्दोलनमा उत्रिएका छन्। हाल ठूला उद्योगी व्यवसायीले विदेशबाट आयात भएका र देशभित्र सामान ओसारपसार रोकेका छन्। यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको छ।

दैनिक करिब ३५ देखि ४० करोड राजस्व संकलन गर्ने देशको दोस्रो मुख्य ठूलो भैरहवा भन्सार कार्यालय हुँदै भित्रिने मालवाहक गाडीको संख्यामा कमी आएसँगै राजस्व संकलनसमेत प्रभावित भएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार दैनिक करिब ३५ देखि ४० करोड राजस्व संकलन हुने गरेकामा अहिले राजस्व असुलीसमेत घटेर दैनिक करिब ३÷४ करोड मात्र संकलन हुने गरेको छ। भन्सार कार्यालयका अनुसार भीसीटीएस प्रणाली लागू भएको दिन साउन १ गते भारतबाट २६ वटा, साउन २ गते साल्ट टे«डिङ कर्पोरेसनको मल ल्याएका ४९ वटा र अन्य विभिन्न वस्तु बोकेका १९ वटासहित ६८ वटा मात्र मालवाहक गाडी भित्रिएको छ। साल्ट टे«डिङ कर्पोरेसनको गाडीलाई छाडेर दुई दिनमा ४५ वटा मात्र मालवाहक गाडी भित्रिएको देखिन्छ।

भारतबाट दैनिक तीन सय ५० देखि ४ सय ५० को संख्यामा मालवाहक गाडी भित्रिने गर्छन्। तर, अहिले यो संख्या ह्वात्तै घटेको छ। भट्टराई नयाँ प्रविधिका विषयमा जानकारी नभएकाले भारतबाट मालवाहक ट्रक कम आएको बताए। भन्सार यार्डमा आइसकेको ट्रकका हकमा भने सरकारले लागू गरेको भीसीटीएसअनुसार नै जाँचपास र अन्य प्रक्रिया हुने भन्सार प्रमुख भट्टराईले बताए।

नयाँ आव लागू भएकाले भन्सार एजेन्टले एक्जिम कोड लिने तथा भन्सार क्लियरिङ एजेन्टको इजाजतपत्र नविकरण गर्ने समय भएकाले पनि आवश्यकता जति आयातनिर्यातमा कमी भएको दाबी उनले गरे।

भारतबाट मालसामान लिएर आउने मालबाहक ट्रक र त्यहाँका ट्रान्सपोर्ट कम्पनीले नै नेपालका लागि सामानको लोड गर्न बन्द गरेका छन्। भारतबाट आउने मालवाहक ट्रक भन्सार विन्दुबाट प्रवेश गरेसँगै नेपाल सरकारले सुरु गरेको भीसीटीएसमा जानुपर्ने मात्र नभइ भारतबाट सामान ढुवानी गर्दाको भाडामा नेपालमा मूल्य अभिवृद्धि करसमेत बुझाउनुपर्छ।

भारतीय भूमिमा नेपाल प्रवेशका लागि मालवाहक ट्रकको लामो लाइन हुने भएपनि नेपालमा ढुवानी सम्बन्धमा प्रविधिमा आधारित नयाँ नियम लागू हुने खबर पाएपछि भारतका व्यवसायीले एक हप्ता अघिदेखि नै मालसामान लोड गर्न रोकेका थिए।

उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले अतिकम विकसित राष्ट्रङमा लागू हुने खालका नीति तथा कानुन नेपालका उद्योगी व्यवसायीले थेग्न नसक्ने खालका भएकाले बिरोध गरिएको जनाए।

सरकारले बजेटमार्फत ढुवानी व्यवसायीलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्न ल्याएको नीति नसच्याएसम्म मालवाहक गाडी र ट्रान्सपोर्ट सञ्चालन नगर्ने व्यवसायीले बताएका छन्।

व्यवसायी बिरोधमा

भीसीटीएस प्रणालीको विरोधमा बुटवलमा उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन्। उनीहरूले यो प्रणाली कार्यान्वयन गर्नै नसकिने बताएका छन्।। भीसीटीएस प्रणाली र सामाजिक सुरक्षा कोष लागू गर्न नसकिने भन्दै उनीहरूले खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.