साउनको फेसन : हरियो  चुरा र मेहेन्दी

साउनको फेसन : हरियो  चुरा र मेहेन्दी

बेसीशहर : मस्र्याङ्दी गाउँपालिका-९ सिम्पानीकी सम्झना थापाले साउनको पहिलो दिन दुबै हातमा हरियो चुरा लगाइन्। बेसीशहर-१० की श्रीकला भण्डारी र सपना श्रेष्ठले चुरासँगै हातमा मेहेन्दी लगाएर सजिइन्। 

स-साना बालिका, युवती, अधबैंसे नारी हुन वा वृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ। साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल-पहल देखिन्छ। 

पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ। धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा। खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ।

बेसीसहरको एक चुरापसलमा भेटिएकी कामना अधिकारीले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताइन। आफ्नो नाडीको चुरा खेलाउँदै भनिन्, ‘खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ।’ हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको रहेको उनको भनाइ छ।

कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसीयारी अपनाउने गर्दछन्। कहिल्यै हरियो चुरा नलगाउने नारीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन्। नारीमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसलेपनि मख्ख छन्। बेसीसहरस्थित सवनम फेन्सी एण्ड होससेलका प्रोप्राइटर सवनम मियाले मध्यअसारदेखि नै हरियो चुराको बिक्री बढेको बताए।   

चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्नेहरु पनि उत्तिकै छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.