बाढीपीडितलाई राहत
रौतहट : रौतहटको सबैभन्दा धेरै बाढी र डुवानमा परेर क्षति पुगेको इशनाथ नगरपालिका १ बन्जाराहाटोलमा शनिवार राहत वितरण भएको छ।
भारतीय बाँधका कारण डुवानमा परेको बस्तीमा शनिबार राहत वितरण भएको हो। बन्जारहा टोलका ६ सय पीडीतलाई अक्सफाम नेपालको सहयोगमा सामाग्री वितरण गरीएको हो। सो टोलमा सातसय डुवान पीडित परिवारलाई राहात सामाग्री वितरण गर्ने योजना रहेको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले जानकारी दिए।
राहात सामाग्रीमा टावेल २ थान, नुहाउने कपडा धुने साबुन ८ थान, ब्रसपेष्ट, स्यानेटरी प्याड २ प्याकेट, डोरी १० मिटर, हाइजेनिक किट व्याग १ थान, बाल्टीनलगायतका सामग्री वितरण गरिएको हो।
इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले खाद्यान्न नगरपालिकाले वितरण गरेपनि अन्य आवश्यक घरायसी सामाग्रीले जीवन सहज बनाउने बताए।
प्रतिक्रिया दिनुहोस !
१