सरकार अधिनायकवादतर्फ : शेखर कोइराला

सरकार अधिनायकवादतर्फ : शेखर कोइराला

पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले ओली सरकार अधिनायक बन्दै गएको बताएका हुन्।

राष्ट्रिय सुरक्षा विधेयक राष्ट्रको हितमा नरहेको बताउँदै नेता कोइरालाले नेपाली कांग्रेसले विधेयक पास हुन नदिने बताए। ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारी र फलफूलबाट नेपाली जनताले थाहा पाएको पनि बताए।

ओली सरकारले देशलाई फेरि द्वन्द्वमा लैजान खोजेको उनको आरोप छ। वार्ता र संवादबाटै निकास निकाल्न कांग्रेसले सरकारलाई सुझाव दिएको उनले बताए।

नेपालको राष्ट्रियतालाई कमजोर बनाउने खेलमा सरकार र विप्लव समूह दुबै लागेको उनको आरोप छ। नेता कोइरालाले कास्की जिल्लाको क्षेत्र नम्बर २ मा हुने निर्वाचनमा केन्द्रित रहन पाटी नेतालाई निर्देशन दिएका छन्।

पार्टी भित्रबाट निर्वाचनमा घात अन्तर्घात नभई ओली सरकारको अधिनायकवादलाई ढलाउन पनि कास्की २ को निर्वाचन कांग्रेसले जित्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.