सर्लाहीमा दुई जनाको मृत्यु

सर्लाहीमा दुई जनाको मृत्यु

मलंगवा : छुट्टा–छुट्टै दुर्घटनामा परेर सर्लाहीमा शनिबार दुईजनाको मृत्यु भएको छ। एकजनाको करेन्ट लागेर र एकजनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।  

करेन्ट लागेर हरिवन नगरपालिका १० का ३५ वर्षीय मनोज भन्ने काजिमान बुढाथोकी मृत्यु भएको हो। स्थानीय गणेश भट्टराईको लेथ मेशिनमा काम गर्ने क्रममा करेन्ट लागेर बुढाथोकीको मृत्यु भएको प्रहरीले बताएको छ। 

करेन्ट गम्भिर बनेका बुढाथोकीको उपचारको क्रममा हरिवनस्थित स्वभिमान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए। 

त्यसैगरी सर्लाहीको मलंगवामा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा ३ का सिकिन्द्र यादवको ८ वर्षीय छोरा मनिष यादव रहेको प्रहरीले जनाएको छ। 

शनिबार दिउँसो काकाको ज २ त ८५२ नम्बरको ट्याक्टरमा बसेर गणेशियातर्फ जाँदै गरेका उनको मलंगवा–४ स्थित बागमती नदीको सिंचाई नहरको पुलमा लडेर मृत्यु भएको हो।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.