जंगलमा 'लुकाइराखेको' भरुवा बन्दुक प्रहरीले भेट्टायो

जंगलमा 'लुकाइराखेको' भरुवा बन्दुक प्रहरीले भेट्टायो

बाजुरा : जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीले बडिमालिका नगरपालिका–९ फडिल्लाको जंगलमा एक थान भरुवा बन्दुक फेला पारेको छ ।

शनीबार दिउसो प्रहरी नीरिक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको टोलीले फडिल्ला बस्ती नजिकैको जंगलमा लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार जंगलमा बेवारिसे बन्दुक लुकाएर राखिएको अवस्थामा थियो । उक्त बन्दुक कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख भाटले बताए । बाली खान आउने जंगली जनावर तथा बाँदर धपाउन स्थानीयले लुकाएर राखेको हुनसक्ने भाटको भनाइ छ ।

मदिरा पनि बरामद

प्रहरी टोलीले फडिल्ला गाउँमा पाँच सय ६५ लिटर अवैध मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरी नष्ट गरेको छ । गाउँकै अगुवाहरुको रोहवरमा सोही ठाउँमा मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.