हिसाब गर्ने जनावर

हिसाब गर्ने जनावर

मानिसले कागजमा तीनलाई पाँचले गुणन गर्नुपर्‍यो भनेर लेखेको रहेछ भने जनावर मेसिन भएको नजिकै जान्छ र उक्त मेसिनलाई १५ पटक फनफनी घुमाउँछ।


जनावरले हिसाब गर्न सक्छ कि सक्दैन होला ? धेरैको जवाफ हुन्छ, मुस्किल पर्छ। तर मलेसियाको एक होटलले यस्तो जनावर पालेको छ, जसले जस्तोसुकै कठिन हिसाब पनि मान्छेले जसरी नै गरिदिन्छ। हिसाबको उत्तर मिलाएर ती जनावरले दर्शकलाई चकित तुल्याइदिन्छन्। मलेसियाको मलाकामा रहेको ए फामोसा रिसोर्ट एण्ड होटलले आफ्नै चिडियाखानामा पालेको यस्ता जनावर त्यहाँ आउने अतिथीको लागि समेत आकर्षणको केन्द्र बन्ने गरेका छन्।

जनावरलाई हिसाब गर्न लगाउनुपर्‍यो भने कुनै एउटा कागज वा कार्डबोर्डमा चक वा मार्करले लेखिन्छ। अनि जनावरलाई देखाइन्छ। जनावरले उक्त लेखोट हेर्छ र एकछिन सोच्छ। अनि सँगै राखेको कुनै मेसिन वा काठको सामग्रीलाई हातले फनफनी घुमाउँछ। हिसाबको उत्तर जति हुनुपर्ने हो त्यत्तिकै पटक मेसिन घुमाएर छोडिदिन्छ। उदाहरणको लागि मानिसले कागजमा तीनलाई पाँचले गुणन गर्नुपर्‍यो भनेर लेखेको रहेछ भने जनावर मेसिन भएको नजिकै जान्छ र उक्त मेसिनलाई १५ पटक फनफनी घुमाउँछ।

जनावरको यो कला देखेर प्रदर्शनी हेर्न आएका आगन्तुक चकित हुन्छन्। आगन्तुकको मनोरञ्जनको लागि जनावरले कहिलेकाँही हिसाब बिगार्छ पनि। जब उसले उत्तर मिलाउन आवश्यक पर्ने जति मेसिन नघुमाइ छोडिदिन्छ, त्यसपछि दर्शक मिलेन भन्दै चिच्याउँछन्। त्यसपछि जनावर फेरि हिसाब गर्न तयार हुन्छ। दोस्रो पटकको हिसाब मिलाएपछि भने दर्शकले परर्र ताली बजाउँछन्। त्यसपछि जनावर खुशीले उफ्रदै आफ्नो वासस्थानतर्फ फर्कन्छ।

हरेक दिन अतिथीको लागि जनावरको विभिन्न कला प्रस्तुत गर्न रिसोर्ट व्यवस्थापनले प्रदर्शनीको आयोजना गर्छ। यो प्रदर्शनीमा विरालो, कुखुरा, सुगा, ढुकुर, मुसालगायतका दर्जन भन्दा बढी जनावर र चराचुरुंगीलाई सहभागि गराइन्छ।

ती जनावर तथा पन्छिको लागि रिसोर्टभित्र छुट्टै चिडियाखानाको व्यवस्था गरिएको रिसोर्टकी व्यवस्थापक वान चुइ फोङ बताउँछिन्। जनावरलाई तालिम दिन रिसोर्ट व्यवस्थापनले प्रशिक्षकको पनि व्यवस्था गरेको छ। तिनै प्रशिक्षकको विशेष निर्देशनमा जनावरले कला प्रस्तुत गर्छन्।

उनका अनुसार हरेक दिन हुने यस्ता प्रदर्शनी अतिथिको लागि मुख्य आकर्षण बन्ने गरेको छ। उक्त प्रदर्शनीमा जनावरलाई हिसाब गर्न मात्र लगाइँदैन, अन्य विभिन्न खेल पनि प्रस्तुत गर्न लगाइन्छ। डोरीमा हिँड्ने, उफ्रने, वरपरका क्षेत्र सरसफाई गर्ने सहित थुप्रै गतिविधि उक्त प्रदर्शनीमा गरिन्छ। फोङ भन्छिन्, ‘रिसोर्टमा आउने पाहुनाको लागि यस्तो प्रदर्शनी आयोजना गरिएको हो। ’

मलेसियाको राजधानी क्वालालम्पुरबाट केहि टाढा रहेको यो रिसोर्ट एकान्त ठाउँमा सञ्चालित छ। यहाँ विशेष गरि बिदा मनाउँन घर भन्दा केहि पर शान्त ठाउँमा जाने योजना बनाएका ब्यक्ति धेरै आउने रिसोर्टको भनाइ छ।

रिसोर्ट सञ्चालकले रिसोर्ट भित्रै अपार्टमेन्ट तथा बंगला बनाएर पाहुनालाई स्थायी रुपमा किन्ने सुविधा पनि दिएको छ। पाहुनाको हितको लागि रिसोर्टभित्रै चिडियाखाना, सपिङ सेन्टर, वाटर स्पोटर््स, सफारिलगायतका दर्जनौं गतिविधि गर्न पाइन्छ। यिमध्ये केहि निःशुल्क छन् भने केहि सुविधा लिन होटलबास बाहेक अतिरिक्त शुल्क पनि तिर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.