कालीगण्डकीमा पानीको बहाव बढेपछि स्टिमर बन्द

कालीगण्डकीमा पानीको बहाव बढेपछि स्टिमर बन्द

स्याङ्जा : कालीगण्डकी 'ए' जलविद्युत परियोजना निर्माणका क्रममा निर्मित जलाशयमा स्टिमर सेवा बन्द भएको छ। सेवा बन्द भएपछि स्थानीयबासी मर्कामा परेका छन्। वर्षात्को समय गाउँका बाटाघाटा बिग्रने र स्टिमर सेवा पनि बन्द भएपछि स्थानीय थप मर्कामा परेका हुन्।

स्याङ्जा, पर्वत र गुल्मी जिल्लाका दुई दर्जनभन्दा बढी वडा अर्थात् साविकका गाविसबासीलाई सहज र सरलरुपमा यातायातको सुविधा उपलब्ध गराउँदै आएको जल यातायात सेवा (स्टिमर) वर्षासँगै अवरुद्ध बनेको छ। मानवीय सुरक्षाको लागि भन्दै असोज महिनासम्मका लागि उक्त सेवा बन्द गरिएको हो।

कालीगण्डकी नदीमा पानीको बहाव बढेसँगै आधा मुहानदेखि सेतीवेणीसम्मको साढे ७ किलोमीटर जलयातायात सेवा बन्द भएको हो। ग्रामीण बासिन्दालाई यातायात सेवा उपलब्ध गराउँदै स्टिमर सेवा बन्दपछि ३ जिल्लाका २ दर्जन वडाका सयौं स्थानीय मार्कामा छन्। स्थानीयलाई स्टिमर सेवा भन्दा ग्रामीण सडकको मार्ग लामो र बढी मूल्य तिर्नुपर्ने हुन्छ।

'स्टिमरको ४५ मिनेटको यात्रा गाडीमा भने ४÷५ घण्टा लाग्छ। सेवा रोकिएपछि बिरामी, वृद्ध, बालबालिका र गर्भवती बढी प्रभावित हुनुका साथै खाद्यान्न लगायत लत्ताकपडा समेत महंगिएका छन्।सेतीवेणीका बिष्णु न्यौपानेले भने, 'यहाँ स्टिमर सेवा बरदान हो। बन्द हुँदा हजारौं व्यक्ति मर्कामा छन्।'


 
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी आधीमुहानदेखि पर्वतको सेतीबेणीसम्म सञ्चालित स्टिमरले दैनिक ५÷७ सय ब्यक्ति र दुई÷चार टन मालसामान ढुवानी गर्दछ।चाडवाडमा दैनिक हजारौं व्यक्ति र उत्तिकै मात्रामा मालसामान ओसार्ने गरिएको चालक कृष्णलाल पाण्डेले जानकारी दिए। स्टिमरको ४५ मिनेट यात्रामा प्रति व्यक्ति सय रुपैंया र प्रति किलो एक रुपैंयामा सामान ढुवानी हुन्छ। 

त्यसो त, विश्वकै सबैभन्दा ठूलो शिलाशालीग्राम भएको सेतीबेणी बजारसम्म जलमार्गबाट मिर्मिदेखि ४५ मिनेटमा पुग्न सकिन्छ। सेतीवेणी शालिग्राम धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ। अध्ययन, अवलोकन, धार्मिक तथा पर्यटकीय स्थलका रुपमा यो प्रख्यात छ।

हिउँदका समयमा दिनहुँ सयौं दर्शनार्थी, पर्यटक तथा अवलोकनकर्ता आउने गर्छन्। झण्डै २ दशकदेखि आधीमुहानबाट सेतीबेणीसम्म १० वटा साना, ठूला स्टिमर संचालनमा छन्। सानो स्टिमरमा ५५ देखि ६० जना र ठूलो स्टिमरमा ९० देखि १०० जनासम्म यात्रु क्षमताका हुन्छन्। काठका ठूल्ठूला डुंगामा मालवाहक गाडीको इन्जिन जडान गरेर स्टिमर बनाइएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.