नेकपाले ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगायो
काठमाडौं : नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सबै इन्चार्ज र सह-इन्चार्जको विवरण केही बेरमा सार्वजनिक गरिने श्रेष्ठको भनाइ छ। सचिवालयको अर्को बैठक मंगलबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ। अर्को बैठकले आयोग, केन्द्रीय निकाय र प्रवासको नेतृत्वबारे छलफल गर्ने श्रेष्ठको भनाइ छ।