यी हुन् ६ महानगरका नेकपा इन्चार्ज
काठमाडौं : नेकपा सचिवालय बैठकले ७७ जिल्लासहित ६ महानगरपालिका इन्चार्ज र सहइन्चार्जको चयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ६ महानगरपालिकाका मध्ये पोखरा र चितवनका मेयरलाई नै इन्चार्जको जिम्मेवारी दिइएको छ।
नेकपाले काठमाडौं महानगरको इन्चार्जमा जीवराम श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुर महानगर इन्चार्जको जिम्मेवारी सुशीला नेपालले पाएकी छन्।
पोखरा महानगरको इन्चार्जमा मेयर मानबहादुर जिसी चयन भएका छन् भने भरतपुर महानगरपालिकाको इन्चार्जसमेत मेयर रेणु दाहाल भएकी छन्। त्यस्तै बैठकले विराटनगर महानगरपालिका इन्चार्जको जिम्मेवारी शिवकुमार मण्डललाई बनाएको छ भने वीरगंज महानगरको इन्चार्जको जिम्मेवारी दिनेश राईले पाएका छन्।