काभ्रेको नेकपा इन्चार्ज बने सञ्चारमन्त्री बाँस्कोटा

काभ्रेको नेकपा इन्चार्ज बने सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन्।  आइतबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री बाँस्कोटालाई काभ्रे जिल्लाको इन्चार्ज बनाएको हो। काभ्रेमा सह-इन्चार्जको जिम्मेवारी भने कसैलाई दिइएको छैन। 

सचिवालय बैठकले आइतबार ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हो। इन्चार्जको जिम्मेवारी सञ्चारमन्त्री बाँस्कोटासहित दुईजना मन्त्रीले पाएका छन्। 

भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा आर्यालले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाएकी छन्। नेकपाले ६ महानगरमध्ये दुई महानगरमा इन्चार्जको जिम्मेवारी मेयरलाई नै दिएको छ। 

पोखरा र चितवनका मेयरलाई नै इन्चार्जको जिम्मेवारी दिइएको हो। काठमाडौं महानगरको इन्चार्जमा जीवराम श्रेष्ठलाई चयन भएका छन्। त्यस्तै ललितपुर महानगर इन्चार्जको जिम्मेवारी सुशीला नेपालले पाएकी छन्। 

पोखरा महानगरको इन्चार्जमा मेयर मानबहादुर जिसी चयन भएका छन् भने भरतपुर महानगरपालिकाको इन्चार्जसमेत मेयर रेणु दाहाल भएकी छन्।  त्यस्तै बैठकले विराटनगर महानगरपालिका इन्चार्जको जिम्मेवारी शिवकुमार मण्डललाई बनाएको छ भने वीरगंज महानगरको इन्चार्जको जिम्मेवारी दिनेश राईले पाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.