नेकपा एकता : गण्‍डकीका कुन जिल्लामा कसरी मिल्यो भागबन्डा ?

नेकपा एकता : गण्‍डकीका कुन जिल्लामा कसरी मिल्यो भागबन्डा ?

अन्नपूर्ण गण्डकी ब्यूरो


पोखरा : सत्तारुढ नेकपाको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो।

गण्डकी प्रदेशमा रहेको पोखरा महानगरपालिकाको इन्चार्ज मानबहादुर जिसी तोकिएका छन्। उनी तत्कालीन नेकपा एमालेबाट महानगरपालिकाको प्रमुख निर्वाचित भएका हुन्।

कास्की जिल्लाको इन्चार्ज पूर्वमाओवादी केन्द्र केन्द्रले पाएको छ भने चार जना सह-इन्चार्ज पूर्वएमाले नेताले पाएका छन्। कास्कीको जिल्ला इन्चार्ज राजकाजी गुरुङ 'करण' तोकिएका छन् भने सह-इन्चार्ज श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी तोकिएका छन्।

तनहुँका इन्चार्ज हरिबहादुर चुमान पूर्वमाओवादी केन्द्र हुन्। उनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पनि हुन्। तनहुँमा तीन सह-इन्चार्ज तोकिएका छन्। तनहुँका सह-इन्चार्ज आशा कोइराला प्रदेश सांसद हुन्। उनी पूर्वमाओवादी केन्द्रबाट हुन्। यस्तै सह-इन्चार्जहरू प्रतापलाल श्रेष्ठ र एकबहादुर राना पूर्वएमालेबाट हुन्।  

स्याङ्जा इन्चार्ज पद्मा अर्याल पूर्वएमाले हुन् जो हाल भूमिसुधार मन्त्री पनि छन्। स्याङ्जा सह-इन्चार्ज सीता सुन्दास पूर्वएमाले तथा जिल्ला समन्वय समितिकी संयोजक हुन्।

पर्वत इन्चार्ज गुप्तबहादुर हमाल ठकुरी पूर्वमाओवादी केन्द्रका हुन्।  

बागलुङ इन्चार्ज बलावती शर्मा पूर्वमाओवादी केन्द्रबाट हुन् भने सह-इन्चार्ज मनाकुमारी जिसी केसी (मना केसी) पूर्वएमाले हुन्।

म्याग्दीका इन्चार्ज भूपेन्द्र थापा पूर्वएमाले हुन् जो प्रतिनिधि सभा सदस्य पनि छन्। 

गोरखामा इन्चार्जसहित तीन सह-इन्चार्ज पूर्वमाओवादी केन्द्र केन्द्रलाई दिइएको छ भने एक सह-इन्चार्ज पूर्वएमालेले पाएको छ। गोरखामा इन्चार्ज कृष्ण धिताल तथा सह-इन्चार्ज परशुराम रम्तेल, सुशील सिम्खडा र चूडामणि जंगली तोकिएका छन्। जंगली पूर्वएमालेबाट हुन्।

लमजुङमा इन्चार्ज पूर्वएमाले र सह-इन्चार्ज पूर्वमाओवादी केन्द्रले पाएको छ। प्रदेश सांसद समेत रहेका मायानाथ अधिकारी सह-इन्चार्ज अमरबहादुर तमु तोकिएका छन्।

मनाङमा इन्चार्जमात्र तोकिएको छ। गण्डकी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामशरण बस्नेत इन्चार्ज तोकिएका छन्। उनी पूर्व एमाले हुन्।

मुस्ताङका इन्चार्ज श्रीमाया थकाली पूर्वएमाले हुन्।

नवलपुरमा इन्चार्ज तोकिएका तिलक महत पूर्वएमाले हुन्। उनी प्रतिनिधि सभा सदस्य छन्। नवलपुरमा दुई सह-इन्चार्ज पूर्व माओवादी केन्द्र र एमालेबीच भागबन्डा भएको छ। सह-इन्चार्ज बालकृष्ण गैरे पूर्वमाओवादी केन्द्र र रवीन्द्र अधिकारी पूर्वएमाले हुन्।

हेर्नुस् कुन जिल्लामा कसरी मिल्यो भागबन्डा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.