प्रदेश २ मा नेकपा भागबन्डाको रमाइलो, एउटै जिल्ला १० सह-इन्चार्ज
अन्नपूर्ण प्रदेश २ ब्यूरो
जनकपुरधाम : सत्तारुढ नेकपाले जिल्लामा इन्चार्ज र सह-इन्चार्ज तोक्दा भागबन्डा मिलाउने नाममा एउटै जिल्लामा १० जनासम्म सह-इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले गरेको भागबन्डा हेर्दा प्रदेश २ मा नेतृत्व मिलाउन सबैभन्दा बढी समस्या देखिएको छ।
सिरहा जिल्लामा पूर्व एमालेका तर्फबाट लिलानाथ श्रेष्ठ इन्चार्ज तोकिएका छन् भने १० जना सह-इन्चार्ज तोकिएका छन्। ५ सह-इन्चार्ज पूर्वएमाले र ५ सह-इन्चार्ज पूर्वमाओवादी केन्द्रका नेताले पाएका छन्।
धनुषामा ९ जना सह-इन्चार्ज तोकिएका छन्। दुई पूर्वमाओवादी केन्द्रले पाएका छन् भने अरु पूर्वएमालेले पाएका छन्। महोत्तरीमा ६ सह-इन्चार्ज तोकिएका छन्। सर्लाहीमा ४ सह-इन्चार्ज तोकिएका छन्।
हेर्नुस् प्रदेश २ का कुन जिल्लामा कसरी भयो भागबन्डा