कर्णालीका ९ जिल्लामा यसरी मिल्यो नेकपाकाे भागबन्डा

कर्णालीका ९ जिल्लामा यसरी मिल्यो नेकपाकाे भागबन्डा

सुर्खेत :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो।

त्यस अन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लाका इन्चार्ज र सह–इन्चार्जको नाम पनि टुंगो लागेको छ। प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला इञ्चार्जमा पूर्वमाओवादी केन्द्रका नरबहादुर विष्ट चयन भएका छन्। त्यस्तै सुर्खेतकै सह–इन्चार्जमा झकबहादुर मल्ल चयन भएका छन्। 

दैलेख : इन्चार्जमा पूर्वएमालेका राजबहादुर बुढा र सह-इन्चार्जमा पूर्वएमालेकै लक्ष्मीप्रसाद पोख्रेल चयन भएका छन्।

जाजरकोट: इन्चार्जमा पूर्वएमालेका भैरवसुन्दर श्रेष्ठ र सहइन्चार्जमा पूर्वएमालेका गोविन्दविक्रम शाह, निरज आचाय र पूर्वमाओवादी केन्द्रबाट रामदीप आचार्य चयन भएका छन्।

सल्यान: इन्चार्जमा पूर्वमाओवादीका टेकबहादुर वस्नेत र सह-इन्चार्जमा पूर्वएमालेका गुलावजंग शाह चयन भएका छन्।

रुकुमपश्चिम: इन्चार्जमा पूर्वमाओवादीका राजकुमार शर्मा र सह-इन्चार्जमा पूर्वएमालेका शेरबहादुर केसी र पूर्वमाओवादीका शेरबहादुर केसी चयन भएका छन्।

जुम्ला: इन्चार्जमा पूर्वमाओवादीका गजेन्द्रबहादुर महत र सहइन्चार्जमा पूर्वमाओवादीकै नरेश भण्डारी चयन भएका छन्।

कालिकोट: इन्चार्जमा पूर्वमाओवादीका महेन्द्रबहादुर शाही चयन भएका छन्।

मुगु: इन्चार्जमा पूर्वएमालेका मोहन बानियाँ र सह-इन्चार्जमा पूर्वएमालेकै चन्द्रबहादुर शाही चयन भएका छन्।

हुम्ला: इन्चार्जमा पूर्वमाओवादीका विजय भण्डारी चयन भएका छन्।

डोल्पा: इन्चार्जमा पूर्वएमालेका हंशबहादुर शाही चयन भएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.