अमेरिकामा १५ करोड मानिस 'लु' को चपेटामा
एजेन्सी : अमेरिकाको न्यूयोर्क, फिलाडेल्फिया र वासिङटन लगायतका कैयौं शहरमा तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ। मध्य पश्चिमी मैदानदेखि एटलान्टिक किनारसम्म करिब १५ करोड मानिस तातो हावा (लु)सँग जुधिरहेका छन्। अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रम स्थगित भएका छन्।
अमेरिकी नेशनल वेदर सर्भिसले अमेरिकामा गर्मीले बेहोश वा मूच्र्छा हुने चेतावनी दिएको छ। उसले अमेरिकी नागरिकलाई अत्यधिक पानी पिउन, घरभित्रै बस्न र बालबालिका एवं जनावरलाई नछोड्न आग्रह गरेको छ। लुकै कारण ५ जनाको मृत्यु भएको छ। तीमध्ये चारजनाको पूर्वी राज्य मेरील्यान्डमा, एकजनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एकजनाको अर्कान्सास राज्यमा मृत्यु भएको हो। लुकै कारण न्यूयोर्कको डथ ब्लासियोमा संकटकाल घोषणा गरिएको छ।
अमेरिकी फुटबल खेलाडी ३२ वर्षीय मिच पेट्रुसको बिहीवार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीका अनुसार एरिजोनामा एकजना प्राविधिकको पनि बिहीवार मृत्यु भएको छ। क्यानडाको पूर्वी भागमा पनि लुबाट सुरक्षित रहन चेतावनी जारी गरिएको छ।