अवैध गर्भपतन गराएको आरोपमा चिकित्सक पक्राउ
सिरहा : सिरहाको मिर्चैयाबाट अवैध गर्भपतन गराएको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। मिर्चैया नर्सिङ होममा कार्यरत एमबीबीएस डाक्टर शम्भुकुमार यादवलाई प्रहरीले अवैध गर्भपतन गराएको आरोपमा नियन्त्रणमा लिएको हो।
आइतबार नै उनलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।
गत असार १८ गते जेकजाँचका लागि पुगेकी महिलासँग १२ हजार रुपैयाँ लिएर २३ गते लिंग परीक्षणपछि गर्भपतन गराएको आरोप यादवमाथि लागेको छ। महिलाको रक्तश्राव नरोकिएपछि घटना बाहिर आएको हो।
इलाज सम्बन्धी कसुरमा उनीमाथि कारबाही अगाडि बढाइएको एसपी चर्तुवेदीले बताए।