सवारी कारबाही : दैलेख ट्राफिकले ३० लाख राजश्व उठायो

सवारी कारबाही : दैलेख ट्राफिकले ३० लाख राजश्व उठायो

दैलेख : जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले आर्थिक वर्ष ०७५/७६ मा करिब ३० लाख राजश्व संकलन गरेको छ।  जिल्लाका विभिन्न ठाउँमा संचालित सवारीसाधनलाई गरेको कारबाहीबाट २९ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो।

गत आर्थिक वर्षमा कुल ५ हजार ३७ सवारीसाधन कारबाहीमा परेको कार्यालयले जनाएको छ।जसमध्ये बस ७ सय ८१, ट्रक १ हजार ३ सय ९५, टेक्टर ६ सय १६, मोटरसाइकल ६ सय ४२, जिपकार १ हजार ३ सय ६ र अटोरिक्सा २ सय ९७ वटा कारबाहीमा परेका छन्। 

कारबाहीमा परेका बसबाट ४ लाख ६७ हजार ५ सय, ट्रकबाट ७ लाख ९९ हजार, टेक्टरबाट ३ लाख २५ हजार ५ सय, मोटरसाइकलबाट ३ लाख ७३ हजार, जिपकारबाट ८ लाख १ हजार र अटोरिक्साबाट १ लाख ७६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो। गतवर्ष भन्दा ९ लाख ४२ हजार ६ सय रुपैयाँ बढी राजश्व संकलन भएको बुझिएको छ। 

गतवर्ष सडकमा सवारीको चाप बढेसँगै राजश्व दर वृद्धि भएकाले राजश्व दर धेरै देखिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक नन्दलाल जैसीले जानकारी दिए।

धेरैजसो सवारीसाधनका कागजपत्र नवोकेका, क्षमताभन्दा बढी यात्रु बोकेका, बढी मालसामान ढुवानी गरेका, लाइसेन्स नभएका र ट्राफिक नियम पालना नगरेका कारण सवारीसाधन कारबाही पर्ने गरेको उनको भनाई छ। 

उनका अनुसार गतवर्ष जिल्लामा ३५ वटा सवारीसाधन दुर्घटना भएका छन् भने दुर्घटनामा परी २१ जनाको मृत्यु भएको र ९० जना घाइतेमध्ये ६ जना बालबालिका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.