सबै समान हौँ भन्ने कुरा बीपीबाट सिक्नुपर्छ : प्रकाशशरण महत
काठमाडाैं : ३८औं बीपी स्मृति दिवसको अवसरमा बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा काठमाडौंमा ‘सबल लोकतन्त्रका लागि युवाको भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महत साथै विभिन्न राजनीतिक एवं गैरराजनीतिक युवा संगठनबाट करिब ३ सय युवाको सहभागिता थियो।
बीपीको विचारलाई मार्गदर्शन मान्दै लोकतन्त्र बलियो बनाउन नेपाली काङ्ग्रेस बलियो हुनुपर्ने नेता महतको भनाइ थियो । महतले बीपीका आनीबानी तथा राजनीतिक स्पष्टताबारे पनि अनुभव साटेका थिए । गणेशमान सिंह समेत बीपीका प्रशंसक भएको कुरा उनले स्मरण गराए ।
बीपी सादा जीवनशैलीमा बाँचने नेता भएको भन्दै उनले भने, ‘हामी सबै समान हौँ भन्ने र हामी सबैको ध्येय एउटै हो भन्ने कुरा बीपीबाट सिक्नुपर्छ।’ कार्यक्रमका सभापति बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका अध्यक्ष प्रेमराज जोशीले बीपीको विचारलाई आफूहरुले अनुशरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।