गुल्मीमा पहिरो : ४ जनाको मृत्यु, ५ बेपत्ता

गुल्मीमा पहिरो : ४ जनाको मृत्यु, ५ बेपत्ता

गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका-४ लिम्घाको भिरकुनामा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ।पहिरोले तीन घर पुरिँदा घरले च्यापिएर चार जनाको मृत्यु भएको हो।पहिरोमा पाँचजना बेपत्ता भएका छन्। 

सोही गाउँपालिकाको वडा नम्वर ३ स्थित ठुलोलुम्पेकमा पहिरो गइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी गराए।उनका अनुसार गाउँलाई चारैतिरबाट पहिरोले घेरेको छ।अहिले क्षतिको यकिन विवरण आउन सकेको छैन।भण्डारीका अनुसार सोही स्थानमा दुई जनाको शव भेटिएको खबर प्राप्त भएको छ। 

पहिरोको कारण घटनास्थलमा प्रहरी पुग्न सकेको छैन।चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी तथा नेपाली सेनालाईसमेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयको टोलीसहित जुहाङ र रिडीबाट प्रहरी जान थालेको खड्काले बताए।घटनास्थलमा पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ।हेलिकप्टरबाट पीडितलाई उद्दार गर्न स्थानीयले सरकारसँग माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.