तनहुँमा विप्लवका दुई कार्यकर्ता पक्राउ

तनहुँमा विप्लवका दुई कार्यकर्ता पक्राउ

तनहुँ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

तनहुँ प्रहरीले मंगलबार बिहान दमौली बजारबाट व्यास नगरपालिका–१४ केशवटार निवासी नेत्रप्रसाद थापा र भानु–२ भकुन्थोक निवासी विष्णुकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

थापा पार्टीको युवा संगठन नेपालका जिल्ला अध्यक्ष र श्रेष्ठ युवा संगठन नेपालका जिल्ला सचिव रहेको प्रहरी नायब उपरीक्षक लिलाप्रसाद लामिछानेले जानकारी दिए ।

दुबैको साथबाट पार्टीका पर्चा र पम्प्लेटसहितका सामग्री भेटिएको प्रहरीले बताएको छ । उनीहरु दुबैजनाविरुद्ध राजद्रोह मुद्दामा अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको डिएसपी लामिछानेले बताए ।

प्रहरीले तनहुँका विभिन्न भागबाट विप्लव समुह सम्बद्ध कार्यकर्तालाई पक्रने क्रमलाई तीव्रता दिएको छ । यसअघि डुम्रे, दमौली तथा आसपासका ठाउँबाट पार्टीका जिल्लास्तरका नेता कार्यकर्ता पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.